Advertisement
Advertisement
Advertisement
Advertisement

सांसद राणाले भनिन् : नारीले राजनीति गरेको सैह्य नहुने रहेछ

  |      17:39:00   |  
web image
web image

बैशाख २४, काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि त्यसको खण्डन गरेकी छिन् । आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद राणाले तथ्यमा आधारित भएर आफ्नो आलोचना गर्न आग्रह गरेकी हुन् ।

उनले महिला राजनीतिमा आएको विषय सैह्य नभएका कारण यस्ता कुरा उठाएको दाबी समेत गरिन् ।

सांसद राणाले भनिन्,‘एउटी नारीले राजनीति गरेको सैह्य नहुने रहेछ यहाँ । पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरुले भनेको मात्र भाष्य हामीले बोल्नुपर्ने, उनीहरुले भनेको मात्र हामी एक्सरसाइज गर्नुपर्ने ।

त्योभन्दा अलि आफ्नो पब्लिक लाइफमा आयो भने पुरुषहरुलाई त्यो असह्य हुने यो परिस्थिति यहाँ बनेको छ । नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय रुपमा यो रहेको छ । त्यसको विरोधमा हो हामीले यो संविधान लेखेको ।’

उनले जसले जति आलोचना गरेपनि आफूले केही नबिराएको बताउँदै  आफू नडराउने उल्लेख गरिन ।

उनले आफ्नो सम्पत्ति विवरण राज्यसँग सुरक्षित रहेको दाबी समेत गरिन । उनले भनिन्,‘हामीले सम्पत्ति विवरण बुझाउने गरेका छौँ । मेरो श्रीमान् पाँच पटक प्रधानमन्त्री भइसक्नुभएको छ । मेरो लगायत हाम्रो सम्पत्ति विवरण नेपाल सरकारसँग सुरक्षित छ । हामी सबै सांसदको सम्पत्ति विवरण मागेर वेबसाइटमा राखियोस् । जनताले थाहा पाउने गरी कसले कति सम्पत्ति कमाएको छ त्यो सबै राखियोस् ।’

उनले भारतमा हरेक महिना न्यायिक क्षेत्रका कर्मचारीले हरेक महिना आफ्नो सम्पत्ति आफैले सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको बताउँदै भनिन्,‘भारतमा कहाँ कहाँ खायो, श्रीमतीलाई के के किन्यो, छोराछोरी कहाँ पढायो सबै सार्वजनिक गर्छन् । हामी त्यो कानुन ल्याउन सक्छौँ, त्यो ल्याउ । के हो यहाँ, कुरा ठूला ठूला गर्ने, अरुलाई होच्याउन पायो भने ठूला ठूला कुरा गर्ने तथ्यमा आधारित भएर बोलौँ ।’

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement