बैशाख १२, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीको सांसद पद किन नगएको भन्दै सभामुखलाई प्रश्न गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले नेपालको संविधान २०७२ को धारा ८९ (घ) मा कुनैपनि सांसद १० वटा भन्दा बढी बैठकमा बिना जानकारी उपस्थित नभएमा निजको सांसद पद रिक्त हुने व्यवस्था रहेको बताउँदै भनिन्– ‘यस सदनका एकजना सदस्य लक्ष्मी महतो कोइरी यस सदनलाई जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराई ? यदि जानकारी गराएका छन् भने के जानकारी गराएका छन् ? यो सदनलाई जानकारी गराउन अनुरोध गर्न चाहेँ । यदि जानकारी नगराई बैठकमा नआएको भए कोइरीलाई अहिलेसम्म किन कारवाही गरिएन रु’
उनले हिँउदे अधिवेशनमा उल्लेख्य काम गर्न नसकेको अनुभूति आफूले गरेको र जनतामा पनि त्यही अनुभूति भएको बताइन् । उनले सांसदले सोधेका प्रश्नको जवाफ दिनपनि सरकार उदासिन भएको महशुस गरेको उल्लेख गर्दै संसदको यो पहिलो अधिवेशनमा संसदीय समिति बन्न नसक्नु दुःखको कुरा भएको बताइन् ।
जेठ ०७ काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमाल आरोहण...
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...