Advertisement
Advertisement
Advertisement
Advertisement

सांसद निशा डाँगीको प्रश्न - संसद भवनमा भएका कुर्सी नेपालमै बनेको कि अन्य देशबाट आयात भएको हो ?

  |      15:38:00   |  
web imege
web imege

चैत १९ , काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले संसद भवनमा प्रयोग भएका कुर्सीलगयतका पूर्वाधार नेपालमै बनेको हो कि अन्य देशबाट आयात भएको हो त्यसबारे सरकारसँग जानकारी माग गरेकी छन् ।

आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । ‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? किन नेपालमा नै बनेको हो ?' उनले भनेकी छन्, ‘कुर्सीमा लागि जुन झगडा हुने गरेको छ । सभामुख र प्रधानमन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो ?’

सांसद डाँगीले सिंहदरवार, वालुवाटार, शितलनिवास र संसद भवनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गर्नुपर्ने बताएकी छन्।

‘सिंहदरवार, वालुवाटार, शितलनिवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौं । यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ उनले भनिन् ।

आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ त्यसबारे पनि सदनलाई जानकारी गराउन उनको माग छ । आर्थिक वर्ष २०७८र०७९ मा ८८ हजार केजी टुथ पिक र करिब करिब २६ लाख बराबरको ट्वाइलेट पेपर भित्रिएको तथ्यांक प्रस्तुत गर्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।

‘टुथपिक र ट्वाइलेट पेपरमा करिब ४१ करोड बराबर बाहिरिएको छ । यी उदाहरण हुन’ उनले भनेकी छन्, ‘टुथपेस्टदेखि स्याम्पुसम्म, मोबाइलदेखि कारसम्म हुँदा हुँदा चामलसम्म आयात । आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ ?

आन्तरिक उत्पादन बढाउने नीति अंकमा देखिने गरी किन लागू नभएको हो समीक्षा गरी सुधार हुने गरी नीति बनाउने गरी छलफल चलाउन सरकारको ध्यानाकर्षण गरेकी छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement