असार १, काठमाडौं ।नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले गर्मीका बेला लोडसेडिङ बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद अग्रहरीले मधेशका कपिलवस्तु, रुपन्देही र नवलपरासीमा हरेक दिन ४ घन्टादेखि ५ घन्टासम्म लोडसेडिङ भइरहेको बताइन् ।
‘यस्तो गर्मी छ । तर यस्तो बेला मधेशका कपिलवस्तु, रुपन्देही र नवलपरासीमा ४ घन्टा, ५ घन्टासम्म लोडसेडिङ भइरहेको छ, यसले जनतालाई धेरै सास्ती भइरहेको छ,’ उनले भने, ‘गर्मीका बेला सरकारले लोडसेडिङ बढाएको छ । यस्तो किन भएको हो ?’
उनले गर्मीका कारण तराईका जिल्लामा सर्वसाधारणको दैनिकी नै प्रभावित भइरहेको बताइन् ।