Advertisement
Advertisement
Advertisement
Advertisement

सवितालाई अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार

  |      14:49:00   |  
web imege
web imege

नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको छ । भारतीय मानवअधिकार परिषद्ले मानवअधिकार र शान्तिका लागि योगदान पुर्‍याउनेमध्ये एकलाई सन् २०१५ देखि पुरस्कृत गर्दै आइरहेको छ । 

उप्रेतीलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन डिसेम्बर १० मा नयाँदिल्लीमा पुरस्कार प्रदान गर्ने परिषद्ले जनाएको छ । संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्दै मानवअधिकार, श्रम अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको परिषद्ले हालै पुरस्कारबारे पत्र पठाएको उप्रेतीले बताइन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक वर्ष संसारभर बालबालिकामा अटिजम रोग बढ्दो मात्रामा देखिएको भन्दै यसका लागि स्वास्थ्य सावधानी अपनाउन अपिल गर्दै आएको छ ।

शरीर स्वस्थ र पूर्ण भए पनि मस्तिष्कको पूर्ण विकास नभई बालबालिकाको जन्म हुने रोग अटिजम हो । अटिजम लागेका बालबालिकालाई पढाउने कुनै विशेष विद्यालय, संयन्त्र र जनशक्ति नभएको समयमा २२ वर्षकी उप्रेतीले १३ वर्षअघि यस क्षेत्रमा काम गर्न थालेकी थिइन् । अटिजम भएका बच्चालाई पढाउन २०६७ मा खोलेको ‘स्पेसल स्कुल फर डिसएबल्ड एन्ड रिहाबिलिटेसन सेन्टर’ बाट ४ सयभन्दा बढीले सेवा पाइसकेका छन् । अहिले उनको विशेष विद्यालयको नरेफाँट, ताथली र गोठाटारमा तीन शाखा छन्, जहाँ ६० विद्यार्थी पढ्छन् ।

युवा उमेरबाटै अथक रूपले अटिजम भएका बालबालिकाका लागि नेपालमा अभियान सुरु गरेर सामाजिक जागरण ल्याएको र धेरैको जीवनमा फरक पारेको हुनाले उप्रेतीलाई अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार दिने निर्णय गरिएको परिषद्ले जनाएको छ । परिषद्ले सुरुको वर्ष दलाई लामालाई मानवअधिकार पुरस्कार दिएको थियो ।

बालबालिकाको शिक्षाका लागि काम गरेबापत नोबल पुरस्कार पाएका भारतीय अभियन्ता कैलाश सत्यार्थीदेखि संसारभरका मानिसलाई ध्यान सिकाएर शान्ति स्थापनामा सघाएको भनेर थाइल्यान्डका प्रसिद्ध बौद्ध भिक्षु फ्र्रा थेप्परियातिसुत्थीसम्मलाई परिषद्ले मानवाधिकार पुरस्कार प्रदान गरिसकेको छ । उप्रेती यो पुरस्कार पाउने पहिलो नेपाली हुन् । एसियाका प्रतिष्ठित मानिसहरूले पाउँदै आएको पुरस्कार आफूलाई दिइन लागेको खबरले खुसी लागेको उप्रेतीले बताइन् ।साभार कान्तिपुर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement