Advertisement
Advertisement
Advertisement
Advertisement

सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दामा वृद्धि

  |      16:38:00   |  
सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दामा वृद्धि

साउन ४, गाईघाट । उदयपुर जिल्लामा बर्सेनी सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दा बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ को असार मसान्त सम्ममा जिल्लामा दुई सय १८ मुद्दा सम्बन्ध विच्छेद सम्बन्धी रहेको जिल्ला अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताउनुभयो । 

यस्तै सोही आवमा ८३ वटा मुद्दा जबर्जस्ती करणी सम्बन्धी रहेका छन् । तीन वर्षदेखि निरन्तर रुपमा सबैभन्दा बढी अदालतमा सम्बन्ध विच्छेद र त्यसपछि जबर्जस्ती करणीका मुद्दा वृद्धि हुँदै गएको अदालतले जनाएको छ । जिल्ला अदालतले हालै न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक कार्यक्रमअन्तर्गत कार्य सम्पादन समीक्षा सार्वजानिक कार्यक्रममा सो जानकारी दिइएको हो ।

लागुऔषध सम्बन्धीका मुद्दाहरु पनि बढ्दै गएको छ । जिल्ला न्यायाधीश दीपक खनालका अनुसार यस्ता घटनामा वृद्धि हुनुमा समाजमा संस्कार चेतना र कानूनी ज्ञानको अभाव रहेको छ ।  जिल्ला न्यायाधीश तीर्थ केसी भन्नुहुन्छ, “गरिबी, चेतनाको अभाव कतिपय सामाजिक संस्कार र कुरीतिका कारण बर्सेनी यस्ता घटनाहरु बढ्नाका मुख्य कारण हुन् ।” यो खबर राससले प्रकाशित गरेको छ । 

आव ०७६/७७ मा जिल्ला अदालतले झण्डै ६४ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो । अदालतले एक वर्षभित्र ६ सय ५९ वटा  अर्थात् ५७ प्रतिशत मुद्दाहरु किनारा लगाएको छ । न्याय सम्पादनलाई छिटो र सरल तरिकाले निरुपण गर्न, प्रशासनिक तथा कार्य सम्पादन सुधारमा अदालतले उच्च प्राथमिकता दिएको छ ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement