साउन ३, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा वर्तमान सरकार परिवर्तन हुने चिन्ता व्यक्त गरिएको छ । केन्द्रीय सदस्य देवकोटाले सरकार फेरिने हल्ला व्यापक सुनेको सभापति शेरबहादुर देउवालाई सुनाइन् ।
सरकार फेरिने हल्ला पनि बजारमा छ ।लाइभमा भन्न हुन्थ्योरहुन्थेन, थाहा छैन । खेल सामान्य छैन । कि नेपाली कांग्रेस सकाउने कि माओवादी सकाउने खेल छ’, देवकोटाले भनिन् । भ्रष्टचारीलाई कारबाही गरेको कारणले माओवादीले कांग्रेसलाई छोड्नसक्ने चर्चा बजारमा रहेको उनले बताइन् ।
‘सभापति व्यक्ति होइन, संस्था हो । सभापतिलाई गालि गर्ने छुट कसैलाई छैन । सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुनसक्छ,’ देवकोटाले भनिन् ।