भदौ ३, काठमाडौं । बलिउड चलचित्रमा समेत राम्रो पहिचान बनाउन सफल अभिनेत्री मनिषा कोइरालालाई चलचित्र कलाकार संघले सदस्यता प्रदान गरेको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा साउन २८ गते बसेको बैठकले उनलाई मानार्थ सदस्यता प्रदान गरेको हो । ख्यातिप्राप्त अभिनेत्री तथा समाजसेवी भएकोले कोइरालालाई सदस्यता प्रदान गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिए ।
कोइरालासँगै चलचित्रकर्मी, समाजसेवी विष्णुगोपाल श्रेष्ठ निर्माता राजकुमार राईलाई समेत संघले मानार्थ सदस्य प्रदान गरेको छ । संघले गतवर्ष माननीय रामवीर मानन्धर, कोमल ओली, अशोकव्याजु श्रेष्ठ, वरिष्ठ चलचित्रकर्मी तिर्थ थापा, तत्कालीन बेलायतका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदी ९दुवसू०लाई मानार्थ सदस्य प्रदान गरेको थियो ।