Advertisement
Advertisement
Advertisement
Advertisement

सत्यता जान्न मै आतुर छु : आरजु राणा

  |      15:56:00   |  
web image
web image

जेठ २ ,काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवाले संगठित ठगी धन्दा चलाउने गिरोहबाट रकम लिएको भनी लगाइएको आरोपको संसद्मा प्रतिवाद गरेकी छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफ्नो नाम जोडिएको अडियो नै नक्कली रहेको दाबी गरेकी छन् ।

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं सांसद आरजु र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुले गिरोहबाट रकम बुझेको भनिएको अडियो एक साताअघि सार्वजनिक भएको थियो । मञ्जु केही दिनयता ‘सम्पर्कविहीन’ छिन् । अडियो सार्वजनिक भएपछि आफू पनि भागेको भनी हल्ला चलाइएको उल्लेख गर्दै सांसद आरजुले सोमबार संसद् बैठकमा भनिन्, ‘म कतै गएकी छैन । आज म उपस्थित भएको त सबैले देखिरहनुभएकै होला ।’

सांसद आरजुले अडियोको वास्तविकता पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) र साइबर ब्युरोमा उजुरी दिइसकेको जानकारी दिइन् । ‘सत्तापक्ष, ठूला नेताकी श्रीमती भनेर साथीहरूले विश्वास गर्नुहुन्न होला । निवेदन दर्ता गराउन मलाई तीन घण्टा लाग्यो । निवेदन दर्ता गराएको ६ दिन हुँदा पनि अडियो फेक हो कि होइन भनेर पत्ता लगाउन सकेका छैनन्,’ उनले भनिन्, ‘टेपको सत्यता जान्न मभन्दा आतुर कोही पनि छैन ।’ अडियोमा आफ्नो नाम जोडेर महिलालाई राजनीतिमा आउनबाट रोक्न खोजिएको पनि सांसद आरजुले बताइन् । नक्कली भुटानी शरणार्थी प्रकरण देशका लागि लज्जास्पद रहेको उनको भनाइ थियो ।

प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरण उठाएका थिए । नेमकिपाका सांसद प्रेम सुवालले पूर्वप्रधानमन्त्री देउवाप्रति लक्ष्य गर्दै आफ्नी पत्नीलाई घटनासँग नजोड्न प्रहरीलाई पाँच पटक बारम्बार फोन गरेको सत्य हो कि होइन भनी प्रश्न गरे । ्

नक्कली शरणार्थी प्रकरणमा आरजुको पनि नाम आएपछि देउवाले प्रहरीमा पटकपटक फोन गरेर चासो राखेको समाचार आएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै सांसद सुवालले सोधे, ‘अर्का पूर्वप्रधानमन्त्रीको स्वकीय सचिव यसमा जोडिएको सत्य हो कि होइन रु’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले शंकास्पद व्यक्तिको नाम आउँदा सबै प्रमाण लुकाइएपछि मात्रै प्रहरीले पक्राउ गर्ने गरेको आरोप लगाए । ‘शंकास्पदको नाम आउँछ, उनीहरू लुक्छन्, मोबाइल फर्म्याट गर्छन्, प्रमाण नष्ट गरेपछि योजनाबद्ध सार्वजनिक हुने मौका दिइन्छ,’ उनले भने, ‘यस्तो किन हुन्छ रु’ नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेका बेला प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भएको बाक्लो भेटघाटप्रति पनि उनले शंका गरेका छन् । ‘तीन दलका नेताहरूले पटकपटक भेटेको समाचार सुनिरहेका हुन्छौं । देशमा बाढीपहिरो, भूकम्प गएका बेला र अन्तर्राष्ट्रिय जगत्मा विपत् परेका बेला नेताहरू यतिसारो तारन्तार भेटेको समाचार त सुन्दैनथ्यौं । अहिले किन सुनिन्छ रु’ झाले भने ।

जसपाका सांसद राजकिशोर यादवले पनि ठूला दलका नेताहरूबीच दिनहुँ भेट भइरहँदा जनमानसमा शंका उत्पन्न भएको बताए । ‘कहीं घटना मिलाउन खोजिएको त छैन रु’ उनले भने । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दा सामान्य भ्रष्टाचार मात्र नभएर देशद्रोह नै रहेको उनको भनाइ थियो । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रमा लडेका भनिएका नेताहरूले नै नेपाली नागरिकलाई अनागरिक बनाएर मान्छेको व्यापार गरिरहेको टिप्पणी गरे । ‘दाजुभाइ बेचेर पैसा कुम्ल्याउने अनि मोजमस्ती गर्नेलाई कुनै हालतमा छुट दिनु हुँदैन,’ उनले भने ।

एमाले सांसद ठाकुर गैरेले शरणार्थी प्रकरणका विषयमा सदनलाई जानकारी गराउन सरकारसँग माग राखे । ‘यसमा अन्तर्राष्ट्रिय जगत्को ध्यान गएको छ । निष्पक्ष छानबिन हुन्छ भन्नेमा जनतालाई विश्वास छैन । सरकारले यसबारेमा जानकारी गराएपछि मात्रै सदनको बैठक अघि बढाइयोस्,’ उनले भने । रास्वपा सांसद सन्तोष परियारले पनि यस विषयमा सरकारले जवाफ दिनुपर्ने बताए । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बिचौलियाले राज्यका सम्पूर्ण निकाय कब्जा गरेको नक्कली भुटानी शरणार्थी प्रकरणबाट पुष्टि भएको बताए । ‘बिचौलिया तन्त्रका कारण लोकतन्त्र खतरामा छ,’ उनले भने ।

राप्रपाका सांसद ज्ञानबहादुर शाहीले भ्रष्टाचारविरुद्धको आन्दोलनमा भ्रष्टचारीहरू नै संलग्न भइरहेको बताए । ‘भ्रष्टाचारको आरोप लागेका व्यक्ति भ्रष्टाचारी मुर्दावाद भन्दै हिँडिरहेका छन्,’ उनले भने, ‘भ्रष्टाचार भनेको पैसाको चलखेल मात्रै होइन, कानुन मिच्नु पनि भ्रष्टाचार हो ।’ सुडान घोटला, लाउडा घोटला, एयरबस, वाइडबडी, ३३ किलो सुन काण्ड, एनसेल, चमेलिया जलविद्युत्, फोरजी, ओम्नी, अमेरिकाबाट आएको ४० करोड, महराको टेप काण्ड, माओवादी लडाकुको शिविर काण्ड, बुढीगण्डकी जलविद्युत्, ललिता निवास, नेपाल ट्रस्ट प्रकरण, जुट मिलको जग्गा काण्डलगायत माथि पनि छानबिन हुनुपर्ने उनको भनाइ थियो । ‘भ्रष्टाचारको काण्डमा यही संसद्मा भएकाको नाम जोडिएको छ, आसेपासेको नाम जोडिएको छ । त्यसैले सडकबाट होइन सदनमा कानुन बनाऔं,’ उनले भने ।

माओवादीका सांसद देवेन्द्र पौडेलले शरणार्थी प्रकरणमा अनुसन्धान सकिएपछि ओम्नी, सेक्युरिटी प्रिन्टिङ, एनसेल, ३३ किलो सुन काण्डमाथि छानबिन गर्नुपर्ने बताए । एउटा विषयको छानबिन भइरहेका बेला अर्को विषय उठाएर विषयान्तर नगर्न उनले आग्रह गरे । भुटानी शरणार्थी प्रकरणमा सदनको सहयोग भयो भने सरकारले निष्पक्ष छानबिन गर्ने विश्वास उनले व्यक्त गरे । माओवादीका अर्का सांसद माधव सापकोटाले पनि नक्कली भुटानी शरणार्थीको मुद्दा टुंगोमा नपुर्‍याई अरू प्रकरण उठाउन नहुने बताए । ‘मानव तस्करको मुद्दा टुंग्याएर अरू मुद्दा अघि बढाउनुपर्छ,’ उनले भने । संसद् बैठकमा सोमबार कांग्रेसका अन्य सांसदहरूले शरणार्थी प्रकरणलाई खासै उठाएनन् । उनीहरूले बर्दियाका सांसद सञ्जय गौतम आमरण अनशनमा बसेकोलगायत विषयबारे मात्र बोले ।

एमाले सांसद सुनीता बरालले नक्कली भुटानी शरणार्थी बनाउने घटनाले राजनीतिक व्यवस्थाकै बदनाम भएको उल्लेख गर्दै राजनीतिक व्यक्तिहरूको जीवनशैलीसम्बन्धी कानुन बनाउनुपर्ने माग राखिन् । नेताहरूले सार्वजनिक पद दुरुपयोग गर्दै निजी लाभ लिएको रास्वपाका सांसद स्वर्णिम वाग्लेको भनाइ थियो । एमाले सांसद सूर्यप्रसाद ढकालले ०४८ यताका प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक परिषद्का पदाधिकारी, मुख्यसचिव, सचिव, न्यायाधीश, सेना, प्रहरी प्रमुखको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरे ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement