जेठ १६, काठमाडौं । जाम्बियामा जन्मेकी ४७ वर्षीया सारा खुमालो सगरमाथा चढ्ने अश्वेत मूलकी प्रथम अफ्रिकी महिला बनेकी छन्।
यसअघि उनले तीन पटक सगरमाथा आरोहणको प्रयास गरेकी थिइन्।
असफल भए पनि ढृढ सङ्कल्प र आत्मविश्वास भए सफलता पाउन सकिने बताउँछिन्। आफ्नो सफलताले अफ्रिकी महिलालाई मात्र नभई संसारभरि रहेका महिलालाई प्रेरित गर्ने उनको विश्वास छ।
दुई छोराकी आमा खुमालोले सगरमाथाको शिखरमा पुग्दा आफ्नो परिवार र आफूलाई त्यहाँसम्म पुग्न सघाउने सबैलाई सम्झेको बताउँछिन्।
शिक्षा र अवसरबाट वञ्चित बालबालिकाका लागि आर्थिक सङ्कलन गरेर उनीहरूको जीवनमा परिवर्तन ल्याउन जीवन समर्पित गर्ने उनको सङ्कल्प छ।
अहिले उनी एउटा बीमा कम्पनीमा कार्यरत छिन्। सातै वटा महादेशका सर्वोच्च शिखर चढ्ने उनको योजना छ।
- बीबीसी