Advertisement
Advertisement
Advertisement
Advertisement

संचारिका महिला पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकार पुरस्कृत

  |      17:32:00   |  
संचारिका महिला पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकार पुरस्कृत

पोखरा । संचारिका समूह पश्चिमाञ्चलले संचारिका महिला पत्रकारिता पुरस्कार २०७३ बाट पश्चिमाञ्चलका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । संस्थागत विकास र पत्रकारितामा निरन्तर क्रियाशिल भएको भन्दै  बसन्ती बास्तोला र स्याङ्जाका पत्रकार भवानी अधिकारीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।

बिहीवार पोखरामा आयोजित एक समारोहमा सञ्चारिका समूहकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले  पत्रकारद्वय बास्तोला र अधिकारीलाई पुरस्कृत गर्नुभएको हो ।

पोखरा घारीपाटनस्थित पोखरा किण्डर गार्टेन ९पिकेजी०का संस्थापक प्रिन्सिपल शिक्षासेवी कमला प्रधानले समाज रुपान्तरणमा निरन्तर कलम चलाइरहेका पत्रकार महिलाको सम्मानका  लागि  १ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो ।

उहाँले पुरस्कार वितरण गर्न अयोजित कार्यक्रममा   अक्षयकोषमा रकम थप १ लाख बढाएर २ लाखको बनाउने  घोषणा गर्नुभयो ।  सोही कोषको व्याज मार्फत प्रत्येक दुई वर्षमा सक्रिय पत्रकार महिलालाई पुरस्कृत गर्ने सञ्चारिका समूह पश्चिमाञ्चलले जनाएको छ ।   पुरस्कारको क्रमशः राशि २० हजार १ सय ११ रुपैयाँ र दश हजार १ सय ११ रुपैयाँ रहेको छ ।

१२ वर्षदेखि पत्रकारितामा क्रियाशिल बास्तोला कान्तिपुर दैनिक हुँदै हाल सञ्चारिका समूहद्वारा उत्पादित टेलिभिजन कार्यक्रम समकोण र महिला खबरको फिचर संयोजक छन् ।

त्यसैगरी संचाारिका समूह पश्चिमाञ्चलले वितरण गर्ने अर्को गुरुङ ब्यूटी एकेडेमी जर्नालिज्म अर्वाड २०७३ बाट अन्नपूर्ण पोष्ट स्याङ्जाका संवाददाता भवानी अधिकारीलाई पुरस्कृत गरिएको छ । १७ वर्षदेखि पत्रकारितामा क्रियाशिल अधिकारी सामुदायिक रेडियो स्याङ्जाको समाचार,सम्पादन प्रमुख समेत हुन् ।

सौन्दर्यविद् चिनु गुरुङले पत्रकार महिलाका लागि स्थापना गरेको यो पुरस्कार प्रत्येक वर्ष पत्रकारितामा क्रियाशिल पश्चिमाञ्चलका एकजना महिलालाई प्रदान गरिन्छ । यस पुरस्कारका लागि गुरुङले १ लाख ११ हजार १ सय ११ रुपैयाँ अक्षयकोष  स्थापना गर्नुभएको छ   ।

महिला खबर
महिला खबर

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement