Advertisement
Advertisement
Advertisement
Advertisement

शान्तिश्री परियार र देवी घर्तीसहितका कलाकारले जिते दोहोरीगीत प्रतिष्ठानको चुनाव

  |      16:48:00   |  
web image
web image

फागुन १४, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनको अन्तिम चुनावी परिणाम सार्वजनिक भएको छ । अध्यक्षसहितका शीर्ष पदमा निर्विरोध निर्वाचित भएपनि अन्य पदमा मतदान भएको थियो । जसअनुसार उपाध्यक्षमा कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पूर्णकला बीसी, राजु ढकाल, पुष्कल शर्मा र कुलेन्द्र विश्वकर्मा निर्वाचित भएका छन् ।

 

उपाध्यक्षको प्रतिस्पर्धामा शंकर बीसी र चोलेन्द्र पौडेल पराजित भए ।

सचिव खुल्लातर्फ देवी घर्ती, युवराज मगर र महेन्द्र गौतम निर्वाचित भएका छन् । यो प्रतिस्पर्धामा विमल अधिकारी र कृष्णआँशु विश्वकर्मा पराजित भए । सहकोषाध्यक्षमा सम्झना लामिछाने र ईश्वरीप्रसाद भुसाल निर्वाचित भए ।

 

महिला सदस्यतर्फ सम्झना भण्डारी, कला लम्साल, उषा सुवेदी, करिश्मा ढकाल, स्मृति तिमिल्सना, जालुमाया गुरुङ र सुशिला गौतम निर्वाचित भए । खुल्ला सदस्यतर्फ शान्तीश्री परियार, रविन लामिछाने, खेम सेन्चुरी, मनमाया वाइवा, कुमार पुन मगर, रीना थापा मगर, प्रकाश भट्ट, सुजन लम्साल, पुरुषोत्तम भण्डारी, श्रीकृष्ण बम मल्ल, कुमार राना मगर, बालचन्द्र बराल, दिनेश काफ्ले, कुशल बेल्वासे र रेशम निर्दोष निर्वाचित भएका छन् ।

 

कमेडी च्याम्पियनका प्रतियोगी खड्गबहादुर पुन (खबपु) सदस्यको प्रतिस्पर्धामा पराजित भएका छन् । महाधिवेशनबाट रीता थापा मगर सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भइन् भने पशुपति शर्मा वरिष्ठ उपाध्यक्ष, रामजी खाँण प्रथम उपाध्यक्ष, राधिका हमाल महिला उपाध्यक्षको रुपम निर्वाचित भएका छन् । धादिङबेसीमा तीन दिनदेखि चलेको महाधिवेशन आइतबार सकिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement