Advertisement
Advertisement
Advertisement
Advertisement

व्यक्तिले गरेको गल्तीका आधारमा सिंगो प्रणालीलाई दोष दिन मिल्दैन : मन्त्री शर्मा

  |      12:57:00   |  
web image
web image

जेठ १५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिनु गलत हुने बताएकी छिन् । उनले व्यक्तिले गरेको गल्तीका आधारमा सिंगो गणतन्त्रलाई नै बदनाम गराउने काम भइरहेकोप्रति सरकार सचेत रहेको बताइन् ।
सामुदायिक सूचना नेटवर्क (सीआईएन)को १५ औँ स्थापना दिवसको सन्दर्भमा आइतबार आयोजित कार्यक्रममा मन्त्री शर्माले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानुनी कामलाई लिएर सिंगो गणतन्त्रलाई नै बदनाम गर्न नमिल्ने दाबी गरिन् ।

उनले सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने र त्यस्तो व्यवस्थासमेत गणतन्त्रमा मात्रै सम्भव हुने बताइन् ।

'गणतन्त्रको विकल्प गणतन्त्र मात्रै हो । गणतन्त्र दिवस मनाउनु हिजोका राजा महाराजाको जन्मदिन मनाएको जस्तो होइन,' गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा मन्त्री शर्माले भनिन्,'संघीय गणतन्त्रप्रति आमनागरिकको अपनत्व बढाउनुपर्नेछ, त्यसका लागि सरकार प्रयत्नशील छ । गणतन्त्रको अपनत्व बढाउनकै लागि तीन दिनसम्म भव्यताका साथ गणतन्त्र दिवस मनाउने सरकारको तयारी छ ।'

मन्त्री शर्माले पछिल्ला वर्षहरुमा प्रविधिको विकासलगायत कारणले रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्यप्रति प्रश्न उठ्ने गरेको बताइन् । तर आम नागरिकका समस्याको उठान गर्ने र गुणस्तरीय सामग्री उत्पादन गर्न सके रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्य अझैपनि उज्यालो रहेको उनको भनाइ छ ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले पछाडि रहेका व्यक्ति वा समुदायको कुरा बाहिर ल्याउँदा नै सुशासन कायम गर्न सकिने भन्दै लुकेका कुरा बाहिर ल्याउँदा सरकार जिम्मेवार बन्ने बताए । उनले सरकार, संसद्, सरोकारवाला र सञ्चारलाई सँगै लिएर अघि बढ्न सके सामूहिक रूपमा सुशासन प्रवर्द्धन हुने बताए ।

भूकम्प लगायतका विपद्का बेलामा रेडियोले सचेतनाको काममा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । विपद्लगायत दुःखका बेलामा रेडियोले आम नागरिकको भरोसा बनेको स्मरण गर्दै उनले सामुदायिक रेडियोलाई सरकारले अझै पनि चाहेको जस्तो सहयोग नगरेको गुनासो गरे ।

सो अवसरमा सीआइएनले तीन जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । सीआईएनकर्मी सुनिल राजभारत, रेडियो खुला आकाश जुम्लाका मानबहादुर कुँवर र रेडियो मध्यपश्चिम दाङका सुशीला ओली उत्कृष्ट पत्रकार पुरस्कारबाट पुरस्कृत भएका छन् । पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement