विराटनगर। विराटनगर महानगरपालिकाको उपमेयरमा इन्दिरा कार्की निर्वाचित हुनुभएको छ । उपमेयरमा निर्वाचित नेपाली काँग्रेसकी उमेदवार कार्कीले २० हजार १ सय ८६ मत पाउनुभयो ।
उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याउनुभयो । कार्कीले न्यौपानेको भन्दा ८ हजार ६ सय २२ वढि मत ल्याएर बिजयी हुनुभएको हो ।
विराटनगर महानगरपालिका दोस्रो चरणमा निर्वाचन भएका तीनवटा प्रदेशको एकमात्र महानगर हो । महानगरको प्रमुखमा पनि नेपाली काँग्रेसकै भीम पराजुली निर्वाचित हुनुभएको छ ।