Advertisement
Advertisement
Advertisement
Advertisement

विमला राईको प्रश्न :राष्ट्रिय गौरवका आयोजना नेपालको आवश्यकताले बनेका छन् या दाताको ?

  |      17:19:00   |  
web image
web image

बैशाख ४, काठामाडौं । राष्ट्रियसभा सदस्य विमला पौडेल राईले राष्ट्रिय गौरवका आयोजना नेपालको आवश्यकताले बनेका छन् या दाताको आवश्यकताले भन्दै प्रश्न गरेकी छन् । सोमबारको राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५र०७६, ०६७र०७७ र ०७७र०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथिको छलफलमा भाग लिँदै सांसद राईले राष्ट्रिय गौरवका आयोजना पुरा नहुनुमा मुख्यत दुई कारण रहेको बताइन् ।

‘राष्ट्रिय गौरवाका परियोजना किन पुरा हुँदैनन् रु परियोजना नेपालको आवश्यकताले बनेका छन् कि दाताको आवश्यकताले रु’ प्रश्न गर्दै सांसद राईले भनिन्, ‘नेपालकै आवश्यकताले बनेका परियोजना पनि कार्यान्वयन गर्न ठेकेदारहरु छान्छौ । ती ठेकेदारहरु कोही घरबेटी पर्छन्, कोही ससुरा पर्छन् कोही ज्वाईँ पर्छन् ।’ उनले एउटा ठेकेदारले १० वटा ठेक्का लिने र सबैभन्दा कमजोर बिड हुने भएपनि उसलाई कानुनले छुट दिने गरेको बताइन् ।

उनले यस्तो प्रवृतिलाई सुधार गर्न जरुरी रहेको भन्दै दुईवटा कुरामा विशेष ध्यान दिनुपर्ने सुझाव राखिन् । पहिलो पाटो राष्ट्रिय गौरवका आयोजना भन्नुभन्दा अगाडि त्यो कार्यान्वयन गर्न आवश्यक जग्गा, आवश्यक पैसा, ठेक्कापट्टा र सबै फिजिबिलटी स्टडी गरेको छ छैन रु त्यो नगरी राष्ट्रिय गौरवका आयोजना भनेर पैसा छुट्टयाउन बन्द गर्नुपर्छ’ राईले भनिन् ।

उनले राष्ट्रिय गौरवका आयोजना भनेर पैसा छुट्टयाउने तर पछि जग्गा नै नपाउने र जग्गाका लागि दश वर्ष भौतारिनुपर्ने समस्या रहेको तथा आउट सोर्स गर्दा अनिवार्य रुपमा ठेकेदार र कन्ट्याक्टरको ट्रयाक रेकर्ड हेरिनुपर्ने बताइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement