Advertisement
Advertisement
Advertisement
Advertisement

विपन्न एकल महिलालाई कटारीले निःशुल्क बिमा गरिदिने

  |      11:13:00   |  
विपन्न एकल महिलालाई कटारीले निःशुल्क बिमा गरिदिने

माघ १०, काठमाडौं । उदयपुरको कटारी नगरपालिकाले विपन्न एकल महिलालाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ। विपन्न परिवारका एकल महिलाहरूको स्वास्थ्य उपचारमा सहज बनाउने उद्देश्यले नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिन भएको हो।

जसका लागि नगरपालिकाले चालु आर्थिक वर्षदेखि नै कार्यक्रम सञ्चालन गर्न लागेको छ। नगरभित्रका विपन्न एकल महिलाको पहिचान गरी उनीहरूलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय भएको नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए। विपन्न एकल महिलाको स्वास्थ्य उपचार सहज र सरल बनाउने उद्देश्यले निःशुल्क विमा कार्यक्रम ल्याएको उनले बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाका अनुसार नगरपालिकाभित्र १ हजार १ सय ७० जना एकल महिला लाभग्राही छन्। जसमध्ये अति विपन्न एकल महिलाको सङ्ख्या तीन सय रहेको छ। उनीहरूलाई स्वास्थ्य बिमाको माध्यमबाट उपचारमा पहुँच पुर्याउनका लागि नगरकार्यपालिकाको बैठकबाटै यस्तो निर्णय गरिएको निरौलाले बताए।

कार्यपालिका बैठकले विपन्न एकल महिलाहरूको वार्षिक १ लाखसम्मको निःशुल्क बिमा गर्ने निर्णय गरेको छ। बिमा गरेपछि हरेक अस्पताल तथा स्वास्थ्य संस्थामा वार्षिक १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा पाउने नगरपालिकाले जनाएको छ। निरौलाका अनुसार यो कार्यक्रमका लागि नगरपालिकाले तत्काल १० लाख बजेट छुट्याएको छ।

नगर उपप्रमुख गीता खड्काले नगरकार्यपालिका बैठकको यो निर्णयले विपन्न एकल महिलालाई स्वास्थ्य उपचार सेवामा पहुँच पुग्ने बताइन्। गरिबीकै कारण उपचार नपाएर ज्यान गुमाउन नपरोस् भनेर यस्तो निर्णय गरेको उनले बताइन्। स्वास्थ्य बिमा कार्यक्रमले उक्त समस्याबाट छुटकारा पाउने उद्देश्य पनि नगरपालिकाले लिएको उनको भनाइ छ।

‘यो निर्णयले विपन्न एकल महिलालाई निकै राम्रो सहयोग गर्ने नगरपालिकाको विश्वास छ,’ उपमेयर खड्काले भनिन्, ‘यो पहिलो कार्यक्रम सफल भएपछि आगामी दिनमा अन्य यस्तै जनमैत्री कार्यक्रमहरू पनि विस्तार गर्दै जानेछौँ।’ 

नगरपालिकाको एकल महिलामैत्री कार्यक्रम गर्ने दौरानमा यो योजना अघि सारिएको उनले बताइन्। यो कार्यक्रमले विपन्न वर्गका महिलाहरूलाई स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्नुका साथै उनीहरूको स्वास्थ्य अवस्थामा सुधार आउने विश्वास उनको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement