Advertisement
Advertisement
Advertisement
Advertisement

विन्दु श्रेष्ठ भन्छिन्–‘इन्कमसँगै लाइफ स्टाइल नै चेन्ज हुन्छ, यो पेसाप्रति सन्तुष्ट छु’

  |      17:26:00   |  
विन्दु श्रेष्ठ भन्छिन्–‘इन्कमसँगै लाइफ स्टाइल नै चेन्ज हुन्छ, यो पेसाप्रति सन्तुष्ट छु’

साउन ९, काठमाडौं । बीमा अभिकर्ता पेसाबाट पनि जीविकोपार्जन गर्न सकिन्छ र रु भन्ने आम बुझाइ छ। प्रायजसो अभिकर्ता पेसामा लाग्नेहरु ‘मिडल क्लास’ ब्याक ग्राउन्डबाटै हुने बुझाइ पनि छ। न्यून आय भएकाहरुमात्रै अभिकर्ता पेसामा लाग्ने बुझाइलाई यही पेसामा आबद्ध भई भिजेर काम गरिरहेकाहरुले गलत साबित गरिदिएका छन्।

जीवन बीमा अभिकर्ता पेसामा जति कठिन र अप्ठ्याराहरु छन्, उति नै सुन्दर भविष्य र प्रगति र वैभवशाली जीवन पनि लुकेको छ

२०७९ सालमा मात्रै बीमा अभिकर्ताका रुपमा बीमा क्षेत्रमा प्रवेश गरेकी विन्दु श्रेष्ठ हाल ‘आइएमई लाइफ इन्स्योरेन्स’कम्पनीमा सक्रिय अभिकर्ताका रुपमा आबद्ध छिन्। बीमा क्षेत्रमा पाइला टेकेपछि उनको व्यक्तित्व विकाससँगै आर्थिक अवस्थामा अझै सुधार भएको छ। 

छोटो समयमै आर्थिक स्थिति बलियोसँगै आफ्नो क्षमता अभिवृद्धि भएकोमा विन्दु खुसी पनि छिन्। बीमा क्षेत्र प्रविष्टिसँगै विभिन्न तहमा रहेका व्यक्तिहरुसँग भेटघाट भई धेरै कुराको जानकारी प्राप्त भएकोले अभिकर्ता पेसाप्रति निकै सन्तुष्टि रहेको उनी बताउँछिन्।

आइएमई लाइफ इन्स्योरेन्समा आबद्ध भइसकेपछि आफ्नो जीवनशैली र व्यहारमा नै परिवर्तन भएको विन्दु अनुभव छ। ‘बीमा क्षेत्रमा प्रवेश गरेपछि मेरो क्षमता अभिवृद्धि र ममा सकारात्मक मनोवृत्ति परिवर्तन भएको छ’, उनी थप्छिन्, ‘बीमा अभिकर्ताको पेसा अँगालेपछि बोल्ने शैलीको विकास भएको छ, साथै पोर्टफोलियो राम्रो हुँदाको बाबजुद पनि आर्थिक अवस्था थप मजबुत भएको छ।’

अहिले विन्दु आइएमई लाइफको एभरेस्ट टिमअन्तर्गत ७०–८० जना एजेन्टलाई लिड गरिरहेकी छन्। जुन टिमले गत आर्थिक वर्ष २०७८–७९ मा कम्पनीको सर्वोत्कृष्ट अवार्डसमेत प्राप्त गरिसकेको छ। 

बीमा क्षेत्रमा पाइला टेकेको १ वर्षमात्रै पूरा हुँदा पनि विन्दुले हालसम्म पर्सनल कोडबाट ५० लाख रुपैयाँसम्मको प्रिमियम कलेक्सन गरिसकेकी छन्। उनी भन्छिन्, ‘आफूप्रति विश्वास हुनुपर्छ, सर्वसाधारणलाई बीमाका बारेमा राम्रोसँग बुझाएर बीमा गराउन सकिन्छ।’

बीमा मानिसका लागि अपरिहार्य रहेको विन्दु बताउँछिन्। ‘बीमा हाम्रा लागि नभई नहुने कुरा भएकोले सबैले अनिवार्य जीवन बीमा गर्नु अत्यावश्यक छ’, उनी सुझाव दिन्छिन्। 

२०७९ साल जेठमा आइएमई लाइफ प्रवेश गरेकी श्रेष्ठले २०७९ को असार मसान्तमै ‘मनास्लु क्लब’मा क्वालिफाइड भएकी थिइन्। यसका साथै २०८० साल असार मसान्तमा उनी ‘धौलागिरी क्लब’मा क्वालिफाइड भइसकेकी छन्। ‘कम्पनीले दिएको टोर्गेट पूरा गरेअनुसार धौलागिरि क्लबमा क्वालिफाइड भएकी हुँ’, उनी भन्छिन्।
२०७९ सालको पुस महिनामै विन्दु अभिकर्ताको अन्तर्राष्ट्रिय छाता संगठन मिलियन डलर राउन्ड टेबल ९एमडीआरटी० २०२३ मा सहभागी हुन योग्य भएकी थिइन्। आइएमई लाइफमा आबद्ध भएपछि ७ महिनामै एमडीआरटी बनेकी उनी बताउँछिन्। ‘अबको टार्गेट भनेको टप अफ द टेबल ९टीओटी०का लागि योग्य हुनु हो’, उनी भन्छिन्।

बीमा अभिकर्तालाई पेसाका रुपमा मात्रै नभई सामाजिक कार्य पनि रहेको विन्दुको बुझाइ छ। ‘म पहिलेदेखि नै सामाजिक कार्यहरुमा रुचि राख्ने भएकोले यो पेसा अँगालेकी हुँ, उनी भन्छिन्, ‘इन्कमसँगै लाइफ स्टाइल नै चेन्ज हुन्छ, त्यसकारण म यो पेसाप्रति सन्तुष्ट छु।’ 

अहिले विन्दुले बीमा अभिकर्ता पेसाबाटै मासिक २ लाख रुपैयाँसम्म कमाउँछिन्। ‘कम्पनीको पोलिसी बिक्री गर्दै जाँदा अभिकर्ता कमिसन प्राप्त हुने भएका कारण आम्दानी बढ्दै जान्छ’, उनी थप्छिन्। 

बीमा अभिकर्ता पेसामा जोकोही पनि आबद्ध हुन सक्ने कुराको विन्दु मान्यता राख्छिन्। ‘प्रायः बीमा अभिकर्ता पेसा अँगाल्नेहरु न्यून आय भएकाहरुमात्रै हुन्छन् भन्ने गलत धारणा छ’, उनी भन्छिन्, ‘बीमा क्षेत्रमा आउनुभन्दा अघि पनि म फरेन करेन्सी एक्सचेन्जसँग सम्बन्धित क्षेत्रमा कार्यरत थिएँ, त्यहाँ पनि मैले राम्रै कमाइ गरेकी थिएँ।’ 
ललितपुरको गोदावरीकी स्थायी बासिन्दा विन्दु अन्य क्षेत्रमा जस्तै बीमा अभिकर्ता पेसामा पनि भविष्य उज्ज्वल रहेको बताउँछिन्। ‘फ्यामिली ब्याकग्राउन्ड राम्रो हुनेहरु प्रायः डाक्टर, बैंकर वा इन्जिनियरिङजस्ता पेसामा मात्रै आबद्ध भएका हुन्छन्’, उनी भन्छिन्, ‘पारिवारिक पृष्ठभूमि राम्रो भईकन पनि मलाई यो पेसा अँगालेकोमा कुनै पश्चाताप छैन।’ 

यसका साथै पछिल्लो समय अभिकर्ता पेसालाई लिएर नकारात्मक धारणा फैलनुमा केही अभिकर्ताहरु नै दोषी भएको विन्दुको भनाइ छ। ‘नयाँ तथा बीमाका बारे जानकार नभएका एजेन्टहरुले गर्दा अभिकर्ता पेसाप्रति नराम्रो सोचाइ फैलिएको हो’, उनी भन्छिन्, ‘नेपाल बीमा प्राधिकरणले अभिकर्ता लाइसेन्स वितरणमा कडाइ गरेसँगै अभिकर्ताहरु फिल्टर भएका छन्, अब यस्ता गलत धारणाहरु पनि विस्तारै हट्नेछन्।

बीमा क्षेत्रको यात्रा 

विन्दुले त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त संस्थाबाट ‘बीबीए’ तहसम्मको अध्ययन पूरा गरेकी छिन्। सन् २००५ देखि २०२० सम्म विन्दुले एउटा फरेन करेन्सी एक्सचेन्जसँग सम्बन्धित कम्पनीमा कामसमेत गरेकी थिइन्। ‘त्यतिबेला मैले नेपाल लाइफ इन्योरेन्सको एजेन्टका रुपमा पार्ट टाइम काम गर्थें’, उनले भनिन् ‘नेपाल लाइफबाट मैले ४–५ वटामात्रै पोलिसी बेचेर काम छाडिदिएँ।’ 

त्यहीबेला विन्दुको आइएमई लाइफका सक्रिय अभिकर्ता तथा नेपाल टप अभिकर्ता गोविन्द जोशीसँग भेट भयो। ‘उहाँकै माध्यमबाट मैले आइएमई लाइफमा प्रवेश गरेकी हुँ’, उनले भनिन्, ‘बीमा क्षेत्रमा सक्रिय अभिकर्ताको रुपमा प्रवेश गर्दा छोटो समयमा नै धेरै अचिभमेन्ट प्राप्त भएको छ।’

२०७१ सालमा विन्दु मंगलबजारका सञ्जय श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएइन्। संयुक्त परिवारमा विवाह भएकी उनको एक छोरा छन्। 

बीमा पेसामा लागेकोमा विन्दुलाई परिवार र माइती पक्षबाट सपोर्ट मिलेको छ। ‘परिवारका सबै सदस्य सरकारी संस्थामा कार्यरत छन्’, उनले भनिन्, ‘सुरु–सुरुमा यो पेसामा लागेकोमा मलाई खासै सपोर्ट मिलेको थिएन, तर विस्तारै मेरो ग्रोथ देखेपछि सपोर्ट गर्न थाल्नुभयो।’ 
अभिकर्ता पेसा अँगालेपछि विन्दुले आफ्ना श्रीमानको स्वास्थ्य उपचार र छोराको उत्कृष्ट शिक्षामा सहजै खर्च जुटाउन सकेकी छन्। उनले जन्मदिनको अवसरमा श्रीमानलाई १ करोड रुपैयाँ र छोरालाई ५० लाख रुपैयाँ बीमांक रकमको बीमा पोलिसी उपहारसमेत दिएकी छन्। 

आगामी दिनमा बीमा क्षेत्रको भविष्य अझै उज्ज्वल देखेकी विन्दुले नेपाली बीमा बजारमा अझै धेरै व्यवसाय गरेर जनताको मन जित्दै अघि बढ्ने लक्ष्यमा दृढता व्यक्त गर्छिन्। उनी समग्र बीमा क्षेत्रको विकास भएमा मात्रै बीमा अभिकर्ताहरुको भविष्य सुनिश्चित हुने हुँदा जीवन बीमा क्षेत्रका खराब चिजहरुलाई पन्छाउँदै उज्यालो भविष्यतर्फ अघि बढ्न सबैलाई आग्रह गर्छिन्।  

 

 

 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement