साउन २३, काठमाडौं । नेपाल सरकारले प्रत्येक वर्ष मनाउँदै आइरहेको सामुदायिक वन दिवस -२०७७ यहि साउन २५ गते आइतवारको दिन परेको छ । 'समृद्धिकालागी सामुदायीक वन, उत्पादन र उत्पादक्त्व वृद्धिमा योगदान' भन्ने नारालाई पूर्णता दिने तयारीमा जुटेको सामुदायीक वन दिवसको पूर्व सन्ध्यामा सुक्रवार सामसदायिक वन उपभोक्ता समुह (फेकोफन)ले वेबिनार मार्फत महिला पत्रकार सम्मेलनको आयोजना गरेकोे हो ।
हरेक वर्ष साउन २५ गते मनाइने सामुदायिक वन दिवस - २०७७ यस वर्ष कोभिड १९ को विश्वव्यापी महामारीका कारण वन दिवसमा परेको असरलाई मध्येनजर गर्दै आगामी दिनका लागि सामुदायिक वन देश र नागरिकका लागि उत्तिकै जिम्मेवार भएर अगाडी बढ्ने सामुदायिक वनकी अध्यक्ष भारती पाठकले जानकारी दिइन् । उनले सामुदायिक वनले महिलाहरुमा ल्याएको सकरात्मक पक्ष तथा वन दिवसका योगदानका बारेमा नागरिक समक्ष जानकारी पुर्याउनका लागि कार्यक्रमको आयोजना गरेकोे बताइन् । फेकोफोनका अन्य पदाधिकारीहरुले महिला पत्रकारहरुसँग नेपालमा सामुदायिक वनको प्रभाव र महिलाहरुले पुर्याएको योगदानका विषयलाई छलफलमा उठाएँ । सहभागि सबैले सामुदायिक वन उपभोक्ता समुहमा महिलाहरुको योगदान र सक्रियतालाई खुलेर कदर गरे । नियममा उल्लेख भएपनि अन्य संगठनमा महिलाहरुको सहभागिता कम हुने गरेको औल्याउँदै अध्यक्ष पाठकले सामदायिक वनमा भने ५० प्रतिशत महिलाहरुको सहभागिता भएको प्रस्ट पारिन् । छलफलका क्रममा महिला पत्रकारहरुले सामुदायीक वनले अहिलेसम्म गरेका सफल काम र अबका दिनमा सामुदायीक वनले उपभोक्ताका लागि गर्नुपर्ने सान्दर्भिक विषयलाई औंल्याएर अगाढी बढ्न सुझाव समेत दिए ।
हाल नपालभर २२, हजार २ सया ६६ सामुदायिक वन उपभोक्ता समुहका २९ लाख ७ हजार ८ यस ७१ घरधुरीले २२ लाख ३७ हजार ६ सय ७० वन व्यवस्थापन गर्दै आइरहेका छन् । सामुदायिक वनले लिएको दिगो विकास लक्ष्यका १७ वटा लक्ष्य मध्ये १५ वटा लक्ष्यमा सामुदायिक वन उपभोक्ता समुहले प्रत्यक्ष योगदान पुराएको छ । जसमध्ये गरिबीको अन्त्य, शून्य भोकमारी, राम्रो स्वास्थ्य र समृद्ध जिवनस्तर, गुणस्तरिय शिक्षा, लैंगिक समानता, स्वच्छ पानी तथा सरसफाइ, खर्चले धान्न सक्ने स्वच्छ ऊर्जा, मर्यादित काम र आर्थिक वृद्धि, उद्योग प्रवर्धन र पूर्वाधार, असमानतलाई घटाउने, दिगो सहर र समुदायहरु, उपभोग र उत्पादनमा जिम्मेवारी जस्ता लक्ष्य पूरा गरिसकेको फेकोफनकी अध्यक्ष भारती पाठकले जानकारी दिइन् । कोभिड १९ को महामारीलाई परास्त गर्न र आउने दिनमा नेपालको सामुदायिक वनको समृद्धिका लागि अझ शसक्त भएर अगाडि बढने अध्यक्ष पाठकले जानकारी दिइन् ।
सामुदायिक वनले नेपालको ४४.७ प्रतिशत भुभाग ओगटेको छ ।