साउन १७, काठमाडौं । सहरीकरण बढ्दै जाँदा काठमाडौंसँगै मुलुकका प्रमुख सहरमा कौसी खेतीको लहर चलेको छ । गमलामा फूल लगाए जसरी पक्कि घरघरका छतमा हरियाली देखियो भने कौसी गरेको बुझे हुन्छ । कौसीमा फलफूल तथा तरकारी लगाउँदा ताजा खान पाइन्छ । घरबाट निस्कने कुहिनेफोहोररखेर जाने पानीको पुनप्रयोग पनि सहज हुन्छ ।उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका केही घरमा पुग्दा कौसी खेतीमा अनुभव स्मरणीय छन् ।
भक्तपुरको सिर्जनानगरकी विनीता राजभण्डारीले १० वषे देखि कौसी खेती गर्दै आएकी छन् ।कौसीमा उनले फूलसँगै तरकारी लगाएकी छन् । भन्छिन्, ‘कौसीमा हुने उब्जनीले ताजा तरकारी खान पुगेको छ ।’कुलेश्वरर्की कृष्णमाया घरको छतमा तरकारी फलाउन थालेको धेरै भएको छैन । कोरोना महामारीसँगै भएको लगडाउनका बेला मात्रै थालेकी हुन् । कौसीमै तरकारी फलाउन सकिन्छ भने किन नगर्ने भनेर उनले थालेकी हुन् ।त्यो बेला वाहिर निस्कन गाह्रो थियो । ‘सिजनका अनुसारका तरकारी फलाउन सफल भएकी छु ’, ‘कुखुराको सुलीले मल बनाउन पुगेको छ ।’
ललितपुरको कुसुन्तीको डेबोरा अधिकारीले २०वर्षभयो कौसी खेती थालेको । भन्छिन्,‘मिहिनेत गर्दा कौसीमा सबै प्रकारका तरकारी फलाउन सम्भब रहेछ । ’काठमाडौं ठुलो भ¥याङकी भगवती श्रेष्ठ कौसी खेती गर्दै आएको धेरै भयो । ‘यो सहरी कृषिको काम हो ,स्वास्थ्य मात्र होइन पर्यावरण र खर्चमा पनि सकारात्मक प्रभाव पर्छ,’ कौसी खेती गर्नेले भन्छन्, ‘तर यो रहर गर्नेले घर कस्तो छ ,छानोले भार थाम्छ थाम्दैन,पानी र मल कसरी पु¥याउने भन्ने ध्यान दिनुपर्छ । ’