मंसिर ८, ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर - ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की निर्वाचित भएकी छिन् । कार्कीले निकटतम् प्रतिस्पर्धीलाई १८ हजारभन्दा बढी मतले हराएकी हुन्।
कार्की ३१ हजार १ सय ३६ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अमृत खड्काले १२ हजार ९ सय ६३ मत ल्याए । त्यस्तै ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७ सय ६९ मत ल्याइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ महिला संसदमा प्रवेश गर्ने मध्ये कार्की एक हुन भने अर्की सोविता गौतम रहेका छन्। योसँगै काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानमा जित हात पारेको छ । काठमाडौं - २ मा सोबिता गौतम, काठमाडौं - ६ मा शिशिर खनाल, काठमाडौं - ७ मा गणेश पराजुली, काठमाडौं - ८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।