साउन २२, रौतहट । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा रौतहटकी छात्रा आयुष्मा काफ्ले सर्वोत्कृष्ट अन्तर्गत टप तेस्रो स्थान हासिल गरेकी छिन । समग्रमा उनी तेश्रो स्थानमा रहेको भएतापनि छात्रा तर्फको प्रथम शीर्ष स्थानमा रहेकी हुन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार २ सय पूर्णांकमा आयुष्मा ले १ सय ८३ अंक प्राप्त गरेकी छन् । यद्यपि आयुष्मा ले प्राप्त गरेको अंक र द्वितीय हुनेले प्राप्त गरेको प्राप्तांक भने बराबर रहेको छ । उत्कृष्ट अंक हासिल गरेसँगै उनले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाएकी छिन ।
देशभरिबाट ११ हजार प्रतिस्पर्धीलाई उछिन्दै आशिक झा सर्वोत्कृष्ठ बनेका छन् । आशिक्को १ सय ८६ अंक रहेको छ उनको यो अंक आयुष्माको भन्दा ३ नम्बरले बढी हो । छात्रा तर्फ सर्वोत्कृष्ट आयुष्मा काफ्ले बनेकी हुन् । आयोगले पहिलो पटक एमबीबीएसका निम्ति एकीकृत परीक्षा लिएको हो । यसअघि विश्वविद्यालयपिच्छे फरक–फरक परीक्षा लिइन्थ्यो । माइतीघर स्थित सेन्ट जेभियर्स विद्यालयबाट विज्ञान विषय कक्षा ११ र १२ लिएर पढेकी आयुष्माले २०७७ सालको ब्याचमा उत्कृष्ट अंक लिएर उत्तीर्ण गरेकी थिइन । त्यसलगत्तै एमबीबएीस अध्ययनका निम्ति लिइएको प्रवेश परीक्षामा पहिलो पटकमै उत्कृष्ट छात्रा बनेकी उनको विद्यालय तथा उनले एस ई ई दिएको विद्यालय माउन्ट एभरेष्ट आवासीय विद्यालय समेत शुक्रबार बधाई दिएको छ ।
साधारण परिवारमा जन्मिएकी आयुष्माले चन्द्रनिगाहपुर स्थित माउण्ट एभरेष्ट विद्यालयबाट ३ दशमलव ८५ जीपीएसहित एसईई उत्तीर्ण गरेकी थिईन् । ‘मामु शिक्षण पेसा गर्नु हुन्छ,’ उनले भनिन, ‘उहाँकै प्रेरणा र सहयोगले आज एमबीबीएस पढ्ने अवसरको ढोका खुलेको हो ।’
उत्कृष्ठ नै हुन्छु भनेर नपढेको तर जसरी पनि राम्रो गर्छु भनेर पढेको आयुष्माको भनाइ छ । ‘ उनले भावी उद्देश्यबारे भनिन, ‘यो अवसरलाई म समाजका निम्ति केही योगदान गर्ने लक्ष्यमा बदल्न चाहन्छु, आफूले जानेको ज्ञान र विवेकको भरतपुर प्रयोग गरेर समाज सेवामा लाग्नेछु ।‘
रौतहटकी छोरी आयुष्मा काफ्लेको उत्कृष्ठता सँगै रौतहट जिल्लाकी छात्राले यति ठूलो उपलब्धि हासिल गरेको भन्दै समग्र रौतहट बासिमा खुशीको कुरा सुन्न पाइएको र अन्य छात्र छात्राको निम्ति प्रेरणाको श्रोत भएको चन्द्रपुर नगरपालिकाका का प्रमुख रामचन्द्र चौधरीले बताए ।