असोज ३०, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ । मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको बताएको छ ।
नेकपा एमालेबाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भए पनि उनले दल त्याग गरी आम जनता पार्टीमा सदस्यता लिएका कारण प्रमुख पद गएको निर्वाचन आयोगले जनाएको हो । अहिले उनी आम जनता पार्टीमा आबद्ध छिन् ।