कात्तिक १६, काठमाडौं । राधिका अर्याललाई सरकारले सचिवमा बिहीबार विहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा गरेको छ । निजामती सेवाका सचिवहरु डा.दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि राधिका अर्याललाई सचिव बनेकी हुन् ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले सचिव बढुवाका लागि मन्त्रिपरिषदमा गरेको सिफारिसअनुसार उनलाई सचिवमा बढुवा गरिएको हो ।
प्रशासनतर्फबाट सचिव बनेकी अर्याल हाल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिव छिन् ।