जेठ ९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले किसानलाई निरुत्साहित गर्न लागिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । नेपालका गाउँका किसानले पालेका गाईभैँसीबाट उत्पादित दूध खेर गइरहेको अवस्थामा सहरमा उपभोक्ताका लागि भने भारतबाट दूध आयात गर्न लागिएको भन्दै सांसद डाँगीले बताइन् ।
कान्तिपुरले जेठ ७ मा'भारतीय दुधलाई काखा, स्वदेशीलाई पाखा 'शीर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचारप्रति सांसद डाँगीले सरकारको ध्यानाकर्षण गराएकी हुन् । 'समाचारमा डडेलधुराका गाउँका बारेमा चर्चा गरेको छ, जहाँका १५०० भन्दा बढी घरधुरीले गाइभैँसी पालेका छन् तर उनीहरूका गाईभैँसीको दूधले बजार पाएको छैन । यता किसान मारमा परेका बेला, सहरी क्षेत्रमा दूधको अभाव भयो भन्ने बहाना बनाएर दैनिक १ लाख ५० हजार लिटरभन्दा बढी दूध भारतबाट आयात गर्ने चलखेल भएको छ,' उनले भनिन्,'भारतबाट दूध आयात गरेर नेपालमा मिल्क होलिडे गरेर किसानलाई मार्ने खेल भइरहेको छ । अवस्था डडेलधुराको मात्र होइन, देशभरि यस्तै छ । हाल नेपालमा उत्पादित ८५ प्रतिशतभन्दा बढी दूधले बजार पाउन सकेको छैन । बजार नपाएरै पटक-पटक किसानले सडकमा दूध पोखेर आन्दोलन गरेको मैले देखेकी छु ।'
स्वदेशी किसानहरूलाई निरुत्साहित गर्ने काम भइरहेको सांसद डाँगीको भनाइ थियो । उनले राज्यले नै किसानलाई निरुत्साहित गर्ने कामलाई प्रोत्साहन गरिरहेको बताउँदै सरकारलाई भनिन्, 'किसानलाई निरूत्साहित गर्ने यस्ता श्रृंखलाबद्ध खेलहरू बन्द हुनपर्छ । किसानका गोठभरि गाईभैँसी छन्, दूध खेर गइरहेको छ तर सहरमा दूध अभाव भयो भनेर भारतबाट आयात गर्न खोजिएको छ । ध्यानाकर्षण होस् सभामुख महोदय, किसान मार्ने खेलमा राज्य नलागोस् ।'
जेठ ०७ काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमाल आरोहण...
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...