पुष २९, काठमाडौं । हेमलता चौधरी गाउँकै पहिलो एसआई(प्रहरी उप–निरीक्षक) हुन् । राजस्थानको एक सानो गाउँमा जन्म लिएकी चौधरी समस्याहरुबाट हार नखाएकै कारण लक्ष्य प्राप्तिमा सफल हुने एक उदाहरणिय महिलामा गणना हुन्छिन् ।
चौधरी भन्छिन् ‘सङघर्ष जिन्दगीको अभिन्न पाटो हो । हामी चाहेर पनि आफ्नो जीवनमा टाढा हुन सकिदैन्। हामीले चाहाने भने नसकिने भन्ने केहीछैन्। आज मेरो यहि दृढताले मलाई सफलता दिलाएको छ ।
सन् २०१५ मा कन्टेबलको भर्ती खुलेको थियो । त्यसमा उनको रिर्टन राम्रो भयतापनि फिजिकलमा फालिएकी थिइन् । त्यतिबेला आफन्तले अनेक कुरा काटेका थए । पुनः सन् २०१६ मा राजस्थान पुलिसमा भर्ती खुल्यो । उक्त समयमा उनले लिखीत र फिजिकल दुवैमा उनको नाम निक्ल्यो । यो उनको सबैभन्दा ठुलो सफलता थियो र बुवाआमा खुसी चुलिएको थियो ।
अहिलेसम्म उनकोे परिवारमा सरकारी जागिरे कोही थिएन् । चौधरी सरकारी जागिर खाने गाउँकै पहिलो महिला थिइन् । जसले सरकारी जागिरमा पाइला राखिन् । विगतमा आफूले गरेको अठोट र निर्णयप्रति गर्व गर्दछिन् ।