Advertisement
Advertisement
Advertisement
Advertisement

रद्दी कागजको फोहोर देखेर फुरेको आईडिया, बन्यो ८०० करोडको कम्पनी !

  |      14:01:00   |  
रद्दी कागजको फोहोर देखेर फुरेको आईडिया, बन्यो ८०० करोडको कम्पनी !

कार्तिक २१, काठमाडौं । हामीमा माझ एउटा उखान प्रचलित छ । खाने मुखलाई जुँगाले छेक्दैन ।

हो, काम गर्ने मान्छेलाई केहिले पनि रोक्न सक्दैन । यदि मेहनत र त्याग गर्ने तत्परता छ भने उसले जस्तोसुकै काम गरेर पनि सफलता पाउन सक्दछ । उनै मध्यकै एक हुन्, भारतीय मूलकी महिला पुनम गुप्ता ।

उनी  प्रत्येक दिन घरको बाटो हुँदै फोहोरको थुप्रो पार गरेर सहरतर्फ जान्थिन । लगातार त्यो फोहोरको थुप्रो देखेपछि उनलाई एकदिन एउटा आईडिया फुर्‍यो ।

त्यसपछि भयो अचम्म १ त्यो फोहोरको थुप्रो देखेर फुरेको आईडियाले गर्दा आज उनले ८०० करोड भारतीय रुपया(भारु) को कम्पनी बनाएकी छिन् ।

उनी भन्छिन्, ‘कडा परिश्रम र लगनले जुनसुकै स्थान हासिल गर्न सकिन्छ, मेरो जिवनमा पनि यहि लागू भएको छ ।’ व्यवसाय क्षेत्रमा यस्ता धेरै उदाहरण छन् जहाँ मानिसले सानातिना व्यवसाय र नवप्रबर्तनबाट ठूलो सफलता हासिल गरेका छन् ।

हुन त उनको यो आईडिया रद्दीटोकरीसँग सम्बन्धित थियो। रद्दी कागजहरु पुन :प्रयोग गर्न सके राम्रो आम्दानी गर्न सकिने सोच उनमा थियो ।  एमबीए उत्तिर्ण गरिसकेपछि सन् २००२ मा स्कटल्याण्ड निवासी पुनित गुप्तासँग जब बिबाह भयो तब उनी पनि स्कटल्याण्ड गइन् । र त्यहिअवधिमा फोहोरमा फालेको कागजले पुन प्रयोग गर्न सकिन्छ भन्ने सोचको परिणामले गर्दा उनले १ लाख भारुबाट ८०० करोडसम्मको यात्रा गरिन् ।

सन् २००३ अर्थात् २० वर्षअघि पूनम गुप्ताले स्कटल्याण्ड सरकारले दिएको यो करिब १ लाख भारुको सहयोगमा पीजी पेपर नामक स्टार्टअप शुरु गरिन् । यसका लागि मेसिनहरु खरिद गरिन् ।
उनले सोही कम्पनीबाट सडकपेटि र फोहोरको थुप्रोमा फ्याँकेका कागज खरिद गरेर पुनः प्रयोग(रिसाइकल)गर्न थालिन् । शुरुवाती समयमा रद्दी कागज खरिद गरेर गोदाममा भण्डारण गर्ने उनको ब्यापार स्थानीय रुपमा सीमित थियो ।

तर जब रिसाइकल गरिएको सामानहरुको माग बढ्न थाल्यो तव ब्यापार पुरै स्कटल्याण्डभर फैलियो ।अहिले उनको कारोबार विश्वभर फैलिएको छ । एकपछि अर्को सफलताको कारण यसपछि यी महिला उद्योगपतिले पछाडि फर्केर हेर्नुपरेन ।

उनले आफ्नो रद्दी कागजको व्यवसायलाई यूरोप र अमेरिकासम्म विस्तार गरिन् ।पीजी पेपरको यी देशका ठूला कम्पनीहरूसँग सम्झौता छ । र यहाँबाट कागजको स्क्र्याप खरिद गरिन्छ। एक रिपोर्टका अनुसार हाल पीजी पेपरको व्यापार विश्वका ६० भन्दा बढी देशमा फैलिएको  छ।-एजेन्सी

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement