Advertisement
Advertisement
Advertisement
Advertisement

युवती घरमा यौन शोषणमा लगाउन खोजेपछि भागेर नेपाल

  |      16:39:00   |  
युवती घरमा यौन शोषणमा लगाउन खोजेपछि भागेर नेपाल

कार्तिक १७, काठमाडौं । कुवेत पठाएकी युवतीलाई घरमा यौन शोषणमा लगाउन खोजे पछि भागेर नेपाल फर्केकी छन् । उनीलाई कम्पनीमा क्लिनर भन्दै कुवेत पठाइएको थियो । बागलुङको काठेखोला गाउँपालिका–८ की २३ वर्षीया कौशिला विक कुवेत पुगेको २८ दिनमा नेपाल फर्केकी हुन् ।

गत असोज १० गते आफ्नै भिनाजु नाताका पुरन विकले ती युवतीलाई कुवेत पठाएका थिए ।केन्द्रको पहलमा उनी कात्तिक ७ गते नेपाल फर्किएकी हुन्  यौन शोषण गर्न खोजेपछि भागेर ज्यान बचाएकी उनले आप्रवासी स्रोत केन्द्र बागलुङको सहयोगमा घर फर्कन सकेकी हुन् । । अहिले उनी बागलुङ आइपुगेकी छिन् ।

ती युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दासम्म  भिसा नदेखाइकन बुटवलका सहदेव बराईले कुवेत पठाइदिएका थिए । जहाज चढेपछि घरेलु कामदार रहेछ भन्ने थाहा पाएकी उनले कुवेतमा २६ दिन बस्दा ३ वटा घरमा फेरेर काम गर्न बाध्य भइन् । ‘पहिलो दिनमा पुगेको घरमा सरसफाइ गर्न लगाइयो,’ उनले भनिन्, ‘दस दिनमै दोस्रो घर पठाएर यौन सम्पर्क गर्न भनियो, मैले नमानेपछि भाग्नुपर्‍यो ।’ पटक–पटक पैसा दिने प्रलोभनमा उक्त घरका मालिकले यौन सम्पर्क गर्न दबाब दिएको उनले बताइन् ।

आफूलाई दबाब दिएपछि उनले तत्काल आप्रवासी स्रोत केन्द्रमा जानकारी गराइन् । घरपरिवारमा सम्पर्क गरेर कागजात पठाउने काममा गाउँकार्यपालिका सदस्य पूर्णमाया सुनार र केन्द्रकी परामर्शदाता गंगा शर्मा रिजालले साथ दिएको उनले बताइन् । ‘समयमा नेपालमा सम्पर्क गर्न पाएर उम्केर आउन सकेकी हुँ,’ उनले भनिन्, ‘मोबाइलसमेत खोसेर राखेकोले अपरिचित महिलाको सामाजिक सञ्जालबाट केन्द्रको सम्पर्कमा आउन सकेको हुँ ।’ नगर प्रमुख वसन्तकुमार श्रेष्ठले वैदेशिक रोजगार बोर्डसहितका निकायमा समन्वयमा साथ दिएपछि उनलाई तत्काल फिर्ता ल्याउन सकेको शर्माले बताइन् ।

विवाहपछि पतिले छाडे, ६ बर्षको छोरा पाल्नुपर्ने बाध्यताले उनी विदेश गएकी थिइन् । कम्पनी भनेर यौन धन्दामा पठाउने एजेन्टलाई कारवाही गर्नुपर्ने उनले माग गरिन् । ‘कुवेतमा रहेका अरु पीडितलाई पनि उद्धार गर्नुपर्छ भन्ने सन्देश पुर्‍याउन भागेर आएँ,’ उनले भनिन् ।

ऋण खोजेर २५ हजार रुपैयाँ बुझाएपछि एजेन्टले उनलाई विदेश पठाइदिएका थिए । फर्केर उक्त ऋण तिर्ने उनलाई पीर परेको छ । विकलाई विदेश पठाउनेको खोजी गरेर कारबाही प्रक्रिया अगाडि बढ्ने केन्द्रका प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए  ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement