काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन मतगणना परिणाम आउने क्रम जारी छ । यस पटक पनि प्रमुख पदमा महिलाको उम्मेदवारी न्यून रहेपनि उपप्रमुख पदमा भने धेरै महिलाहरु उम्मेदवार बनेका छन् ।
अहिलेसम्मको मत परिणाम अनुसार नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्षमा केही महिलाहरु विजयी भएका छन् । कहाँ को आए ताजा अपडेटः
एमालेतर्फबाट उपप्रमुखमा विजयी महिला उम्मेदवार
१. अमरगढी नगरपालिकाः उपमेयर संगीता भण्डारी, डडेल्धुरा
२. मस्टा गाउँपालिकाःभगवती बोहोरा , बझाङ
३. थलारा गाउँपालिकाःगङ्गुदेवी खडायत, बझाङ
४. वित्थडचिर गाउँपालिकाः उपाध्यक्ष जानकी वोहरा, बझाङ
५. गौमुल गाउँपालिकाःसीता थापा , बाजुरा
६. पाण्डवगुफा गाउँपालिकाःऐना गिरी, बाजुरा
७. पञ्चेश्वर गाउँपालिकाःसीता थापा , बैतडी
८. जन्तेढुंगा गाउँपालिकाःबिमला राई, खोटाङ
९. मैवाखोला गाउँपालिकाःकौशिला छक्लुङ, ताप्लेजुङ
कांग्रेसतर्फबाट विजयी महिला उम्मेदवार
१. महाकाली नगरपालिकाःउपाध्यक्ष सुना बोहरा , दार्चुला
२. बडिमालिका नगरपालिकाः कविता विष्ट , बाजुरा
३. छेडेदह गाउँपालिकाः कुन्ती बुढा साउद, बाजुरा
४. काँडा गाउँपालिकाः कल्पना बोहरा, बझाङ
५. गुल्मी दरबार गाउँपालिकाः मिना भण्डारी, गुल्मी
माओवादी तर्फबाट विजयी महिला उम्मेदवार
१. लिखु पिके गाउँपालिकाः प्रमिला बस्नेत, सोलुखुम्बु
२. बंगलाचुली गाउँपालिकाः यमुना घर्ती, दाङ
३. रामप्रसाद राई गाउँपालिकाः सम्झना राई, भोजपुर