फागुन १२, काठमाडौं । स्मरण शक्ति मानवको सशक्त क्षमता हो, जसको सहयोगले आफूलाई हरेक ठाउँ र अवस्थामा निडर र प्रखरताका साथ प्रस्तुत गर्न सकिन्छ । स्मरण शक्ति बिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । त्यति हुदा हदैपनि कतिपयको निकै कमजोर स्मरण शक्ति हुन्छ । जस कारण चिन्ता बढाउने गर्छ । कसैलाई विभिन्न कारणले स्मरणशक्ति कमजोर हुन्छ भने कोहीको जन्मजात नै कमजोर स्मरण शक्ति हुन्छ । एकाग्रताको अभावमा स्मरण शक्ति कमजोर हुन्छ ।
यसरी बढाउनुहोस् आफ्नो स्मरण शक्ति
पिस्ताको नट थायमिन वा भिटामिन बी एकको कमीले पनि स्मरण शक्ति घट्छ । पिस्तामा थायमिनको मात्रा अत्यधिक हुन्छ । आधा कप पिस्ता नटमा ० दशमलब ५४ एमजी थायमिन हुन्छ । पचास वर्ष वा सो भन्दा मुनिका पुरुषमा १ दशमल पाँच एमजी र महिलामा १ दशमलब १ एमजी हुनुपर्छ ।स्मरण शक्ति वा उमेरसँग सम्बन्धित समस्याका लागि गँहुको जमरा उपर्युक्त चिज हो । यसमा भिटामिन ईको मात्रा बढी हुन्छ । एन्टिअक्सिडियन्टयुक्त ब्लुबेरीले पनि स्मरणशक्तिमा अस्थायी रुपमा सुधार ल्याउन सहयोग पुर्याउँछ ।क्यारोटिन तत्व युक्त गाजरले पनि स्मरण शक्तिलाई सशक्त बनाउँछ । दिनहु एक गिलास गाजर र एप्रिकेटको जुस पिउँदा स्मरण क्षमता तेज हुन्छ । अन्डाले पनि स्मरण क्षमता वृद्धि गर्छ । अन्डामा हुने लेसिथिनले नशाको कोषलाई बलियो बनाउँछ । त्यस्तै दैनिक तरकारीको रुपमा प्रयोग हुने भिण्डीले पनि दिमाखलाई तेज बनाउँछ ।