Advertisement
Advertisement
Advertisement
Advertisement

यशोदा फुड्सको करेन्ट नुडल्सको ब्रान्ड एम्बेसेडरमा केकी अधिकारी

  |      13:37:00   |  
web image
web image

भदौ २९, काठमाडौं । लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्बेसेडरको घोषणा गरेको छ। 

यशोदा फुड्सले आफ्नो लोकप्रिय उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागी ब्रान्ड एम्बेसेडर चयन गरेको छ। कम्पनीले नेपाली चलचित्र जगतकी अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्बेसेडर चयन गरिएको जानकारी दिएको छ। काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले यसबारे जानकारी दिएको हो।
यशोदा फुड्सको अत्यधिक लोकप्रिय चाउचाउ करेन्ट नुडल्सको ब्रान्ड एम्बेसेडर घोषणाका लागि आयोजित कार्यक्रममा नायिका केकी अधिकारीलगायत कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो।

यशोदा फुड्सले सन् २०१७ मे महिनादेखि आफ्नो व्यवसायको थालनी गरेको थियो। सुरुआती दिनमा लाली र करेन्ट ब्रान्डअन्तर्गत तयारी चाउचाउ उत्पादन गर्ने सोचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुआत गरेको थियो। 

हाल कम्पनीले विभिन्न ब्रान्डका चाउचाउ तथा स्न्याक्सहरु उत्पादन गरी नेपाल तथा विश्वका विभिन्न मुलुकमा निर्यात गर्दै आइरहेको छ। सुपर प्रिमियम सेगमेन्टअन्तर्गत कम्पनीले करेन्ट हट एन्ड स्पाइसी, करेन्ट २× स्पाइसी, करेन्ट हट एन्ड लेमन स्पाइसी नुडल्स, करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरिरहेको छ भने प्रिमियम सेगमेन्टअन्तर्गत करेन्ट, लालीलगायतका चाउचाउहरु उत्पादनमा छन्। 

त्यसैगरी प्रिमियम स्न्याक्स सेगमेन्टअन्तर्गत, करेन्ट चिजवल, करेन्ट हट एन्ड स्पाइसी स्टिक्स, करेन्ट पोटेटो क्र्याकर, करेन्ट पोटेटो स्टिक्स, करेन्ट अचारी स्टिक्स, करेन्ट हट एन्ड लेमन स्टिक्स, करेन्ट ओनियन रिङ, करेन्ट मखनालगायतका प्रिमियम स्न्याक्सको उत्पादन गरी नेपाललगायत विदेशमा समेत निर्यात गरीरहेको छ।

गुणस्तरीय चाउचाउ र स्न्याक्स उत्पादन गरी नेपाललगायत विदेशका भारत, जापान, भुटान, दुबई, अस्ट्रेलिया, युरोप, युके, अमेरिका, क्यानेडा, मलेसिया, सिंगापुरलगायतका देशहरुमा निर्यात गरिरहेको यस कम्पनीले आफ्ना उत्पादन र ब्रान्डप्रतिको उपभोक्ताको दिन प्रतिदिनको विश्वास र भरोसा नै आफ्नो सम्पत्ति र ख्याति भएको कम्पनीले जनाएको छ।

हाल यस कम्पनीको उत्पादन करेन्ट हट एन्ड स्पाइसी नुडल्स नेपालमा सर्वाधिक रुचाइएको चाउचाउअन्तर्गत पर्दछ भने नेपालको परिपेक्षमा यो चाउचाउ १ नम्बर स्थानमा पर्दछ। आजको दिनमा यस कम्पनीका चाउचाउ तथा स्न्याक्सप्रति दैनिक रुपमा आम उपभोक्ताको माग र विश्वास बढ्दै गएको छ।

उपभोक्ताको मागअनुसारका उत्पादनहरु बजारमा पस्कदै छोटो समयमै अत्यधिक बजार हिस्सा ओगट्न सफल कम्पनीका रुपमा पनि यशोदा फुड्स परिचित छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement