Advertisement
Advertisement
Advertisement
Advertisement

मोबाइलमा 'रिङ ब्याकटोन' बजाउँदैमा छुवाछुत अन्त्य हुँदैन : सांसद नेपाली

  |      16:15:00   |  
web image
web image

जेठ २४, काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले जातीय भेदभाव र छुवाछुत अन्त्य गर्न अहिलेको सदनबाट ठोस निर्णय गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले दलित समुदायका हक र अधिकार संविधानको धारा र नारामै सीमित भएको भन्दै यस्तो माग गरेकी हुन् ।

शून्य समयमा बोल्दै उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, भर्खरै जेठ २१ गते जातीय छुवाछुत तथा उन्मुलन दिवसको अवसरमा मोबाइलमा रिङ ब्याकटोन बजाइयो । भन्दा जातीय छुवाछुत सामाजिक रुपमा निन्दनीय र कानुनी रुपमा दण्डनीय छ भनेर भनिन्छ । तर, दलित समुदायका हक र अधिकार संविधानको धारा र नारामै सीमित छन् । तर‚ पनि अहिलेसम्म समाजमा जातीय विभेदको अन्त्य भएको छैन ।'

सांसद नेपालीले संविधानको धारा २४ र ४० को कार्यान्वयनमा सरकारले चासो नदिएको समेत गुनासो गरिन् । 'संविधानको धारा २४ र धारा ४० को उपधारा १ देखि ६ तथा धारा ४२ सम्मले दलित समुदायको अधिकारबारे व्यवस्था गरेका छन् । ती विषय कागजमा छन्,' उनले भनिन्, 'अझै पनि मोबाइलमा 'रिङ ब्याकटोनु बजाएर छुवाछुत अन्त्य हुन्छ भन्ने विश्वास कायम रहेको देखिन्छ, मलाई त त्यसरी केही होला जस्तो लाग्दैन । यसबारे म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।'

उनले अहिले पनि कथित सानो जात भन्ने आरोप लगाएरै दलितहरुको ज्यान लिने काम नरोकिएको बताइन् ।

'संविधान र ऐनकानुनले व्यवस्था गरे पनि छुवाछुतविरुद्धको सरकारी पहल बलियो हुन सकेको छैन । दलित समुदायले छुवाछुतको युगीन दासत्व र अन्याय अहिले पनि खेपिरहेका छन्,' उनले भनिन्, 'त्यसैले जातीय छुवाछुत अन्त्य गर्न अहिलेकै सदनबाट ठोस निर्णय गर्नका लागि अनुरोध गर्न चाहन्छु ।’
कान्तिपुर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement