काठमाडौं। ‘फेश अफ क्लासिक डायमण्ड २०१७’ को यात्रा फागुण १४ गते शनिबार सम्पन्न भएको छ । सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मुना गौचनले वर्ष २०१७ का लागि फेश अफ क्लासिक डायमण्ड बन्ने अवसर जुराएकी हुन् । प्रतिस्पर्धामा सोनी श्रेष्ठले फस्ट रनर अप तथा सोरु बराइलीले सेकेन्ड रनर अपको अवार्ड हात पार्न सफल भए । फेश अफ क्लासिक डायमण्ड २०१७ को अवार्ड संगै मुनाले एक लाख बराबरको पुरस्कार हात पारेकी छिन् । जसमा नगद पचास हजार तथा पचास हजार बराबरको ज्वेलरी हुनेछ । मुना क्लासिक डायमण्ड ज्वेलरीका लागि ब्रान्ड एम्बेसडर समेत नियुक्त भएकी छिन् ।
यसैगरी फस्ट रनर अप बनेकी सोनीले पचास हजार बराबरको पुरस्कार जितेकी छिन् । जसमा नगद पुरस्कार पच्चीस हजार तथा पच्चीस हजार बराबरको ज्वेलरी रहेको छ । सेकेन्ड रनर अप बनेकी सोरुले पच्चीस हजार बराबरको पुरस्कार जितेकी छिन् जसमा नगद पुरस्कार बाह्र हजार पााच सय र बाह्र हजार पाँच सय बराबरको ज्वेलरी रहेको छ । विजेता तीन जनाले क्लासिक डायमण्ड ज्वेलरीको वर्ष २०१८ को क्यालेन्डरको शोभा बढाउने छन् भने सो ज्वेलरीको टेलिभिजन विज्ञापनमा पनि मोडलिङ गर्ने छन् । सो विज्ञापन भने भारतको मुम्बईमा छायाँकन हुने बताइएको छ । यसका अलावा तीनै जना विजेताले क्लासिक डायमण्डको टाइमलेस पारागन ज्वेलरी फेसन शो २०१७ मा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । उक्त ज्वेलरी शो आगामी २८ तथा २९ अप्रिलका लागि दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा तय गरिएको छ ।
फेस अफ क्लासिक डायमण्ड २०१७ अन्तर्गतको अनलाइन भोटिङबाट बेष्ट ब्राइड क्लासिक भिअर्स च्वाइस अवार्ड अन्तर्गत भने मोडलद्वय पूजा श्रेष्ठ र जागृति मल्लले संयुक्त रुपमा जितेका छन् । यो अवार्ड अनलाइन भोटिङ मार्फत् चयन गरिएको हो । जसमा यस प्रतिस्पर्धाको अन्तिम १५ जनाको ब्राइडल फोटोशुट गरेपछि अन लाइन भोटिङ प्रारम्भ भएको थियो । फोटोशुट चर्चित ग्ल्यामर फोटोग्राफर राजभाई सुवालले गरेका थिए । अन्तिम पन्ध्रमा मुना गौचन, सोनी श्रेष्ठ, सोरु बराइली, पूजा श्रेष्ठ र जागृति मल्ल बाहेक शिक्षा संग्रौला, जेनी महर्जन, अरुणी वाइवा, असिम रानाभाट, मनिशा हमाल, आयुष्मा सिंह, बासना तिमिल्सिना, आसिना बराल, प्रार्थना अधिकारी र सुश्मिता थापा पर्न सफल भएका थिए । यस पटकको फेश अफ क्लासिक डायमण्डका लागि काठमाडौं र पोखरामा अडिसन चरण सम्पन्न गरिएको थियो ।
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...
फागुन ८, काठमाडौं । शालीमार बागबाट भाजपा विधायक रेखा गुप्ता दिल्लीको नवौं मुख्यमन्त्री...