Advertisement
Advertisement
Advertisement
Advertisement

मिस वर्ल्डको फिनाले मंसिर २३ मा, प्रियंकारानी भन्छिन्-आफूलाई शान्त राख्न सकिरहेकी छैन

  |      15:47:00   |  
web image
web image

साउन ४,काठमाडौं । भारतमा आयोजना हुन लागेको ७१ औं विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड २०२३ को फिनालेको मिति घोषणा भएको छ । विश्व सौन्दर्य प्रतियोगितामा सबैभन्दा प्रतिष्ठित मानिने स्पर्धा अब नेपाली क्यालेन्डरअनुसार मंसिर २३ गते (डिसेम्बर ९) मा हुनेछ ।

फिनालेमा भाग लिन मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी एक महिनाअघि नै मुम्बई प्रस्थान गर्ने तय भएको छ । फिनालेको भोलिपल्ट उनी स्वदेश फर्कनेछिन् । ‘सबै मिति तय भएपछि अब हामी प्रतिस्पर्धाको लागि तयारी अवस्थामा छौं,’ मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले अनलाइनखबरसँग भने ।

प्रियंका पनि यतिबेला फिनालेलाई लक्षित गर्दै आवश्यक तयारी गरिरहेकी छन् । मिस वर्ल्डका शीर्ष पाँच ‘फास्ट ट्रयाक’ विधामा जित हात पार्ने नेपालको तयारी हुनेछ । यसका लागि प्रियंकाले ब्युटी विथ पर्पस, मल्टिमिडिया अवार्ड, मोडल वाच, वर्ल्ड डिजाइनर, स्पोर्ट्स इभेन्टको तयारी गरिरहेकी छन् ।

फिनालेको मिति घोषणा हुने बित्तिकै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मिस वर्ल्ड २०२३ को मिति आइपुगेको छ । आफूलाई शान्त राख्न सकिरहेको छैन ।’ उनको यो इन्स्टाग्राम स्टोरीले उनी फिनालेको तयारीका लागि दत्तचित्त भएर लागेको अनुमान गर्न सकिन्छ । प्रियंकालाई यसपटक ब्युटी विथ पर्पस विधा जित्ने आशा छ । केही वर्षयता मिस वर्ल्डमा नेपाल यो विधाको प्रबल दाबेदार पनि हो ।

यी ‘फास्ट ट्रयाक’ विधा जित्न सकिए सोझै अन्तिम १५ र २० मा पुग्न सकिने भएकाले प्रियंकाको नजर यसतर्फ सोझिएको हो ।

पहिलोपटक नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा हुन लागेको फिनालेमा ८० मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्नेछन् । छिमेकी देशमा हुने भएपछि तयारीका लागि नेपाललाई सजिलो पनि भएको छ । फिनाले समारोहमा सहभागी हुन हिडन ट्रेजरसहितको जम्बो टोली भारत जाने तयारीमा छ ।
अनलाइनखबर

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement