Advertisement
Advertisement
Advertisement
Advertisement

मिस नेपाल (२०२३) : आफ्नो सपना पूरा गर्न प्रतिस्पर्धामा होमिएका प्रतियोगी सुन्दरी

  |      13:34:00   |  
web image
web image

बैशाख २२, काठमाडौं । एकातिर पपुलर च्वाइसको प्रतिस्पर्धा जारी छ भने अर्कोतिर मिस नेपालका २४ प्रतिस्पर्धी अभ्यासमा व्यस्त छन् । फिनाले नजिकिंदै जाँदा प्रतियोगी सुन्दरीहरु जिम, डान्स, स्पीच र वाकजस्ता कोरियोग्राफी सिक्दैछन् । पपुलर च्वाइसका लागि भोट पनि माग्दैछन् । किनभने यो विधा जित्न सके फाइनलको ढोका खुल्नेछ ।

केही दिनअघि यी सेमिफाइनलिस्ट सुन्दरीले जस्मिन फिट्नेस क्लबमा आफ्नो तयारीसँगै अन्य विषयमा अनलाइनखबरसँग गफगाफ गरे । पाइलट, व्यवसायी, डाक्टरदेखि आमाको विरासतलाई निरन्तरता दिने सोचसहित प्रतिस्पर्धामा होमिएकी पहिलो मिस नेपाल रुबी राणाकी छोरी प्रसिद्धि समेत यसपटक ताज जित्ने होडमा छिन् ।

करिअरमा अब्बल भइसकेका सुन्दरीले मिस नेपाललाई आफ्नो आवाज संसारभर फैलाउने प्लेटफर्मको रुपमा लिएका छन् । क्राउन जित्न सके आफ्नो सपना र उद्देश्यलाई पूरा गर्ने सोच उनीहरुको छ । यस्तो लाग्छ, उनीहरुका लागि मिस नेपालको प्लेटफर्म नै सबथोक हुन् । बाँकी १२ प्रतिस्पर्धीले अनलाइनखबरसँग मिस नेपालमा भाग लिनुको उद्देश्यबारे सविस्तार सुनाएका छन् ।

यसपटक दुई ट्रेण्ड मिस नेपालमा देखिएको छ । पहिलो, यसपटकको संस्करण समावेशी देखिन्छ । काठमाडौंबाहिरको सुदूर भूगोलका सुन्दरी पनि प्रतिस्पर्धामा छन् । सधैं काठमाडौं नै हाबीजस्तो देखिने प्रवृत्ति यसपटक छैन । हुन पनि हिडन ट्रेजरले सातै प्रदेशमा अडिसन गर्दै प्रतिस्पर्धालाई समावेशी तुल्याउने प्रयास गरेको थियो । दोस्रो, अधिकांश सुन्दरी करिअरमा स्थापित भएर आएका छन्, जसले गर्दा प्रतिस्पर्धा को भन्दा को कम हुने देखिन्छ ।

सबै सुन्दरीले परिवारकै सपोर्टमा प्रतिस्पर्धामा आइपुगेको बताए । भन्नुको अर्थ, सौन्दर्य प्रतियोगितालाई बुझ्ने समाजको सोच उदार हुँदै गएको छ । मिस नेपाल हुन ब्युटी मात्र पूर्वसर्त रहेन । योसँगै सोच, क्षमता र नेतृत्वदायी कौशल पनि आधारभूत आवश्यकता बने । ताज नजिते पनि यसले जीवनमा अघि बढ्न व्यक्तित्व विकास हुने धारणा सुन्दरीले राखेका छन् ।

यसपटक ११ वटा सहविधामा प्रतिस्पर्धा हुनेछ । गत साता पोखरामा ट्यालेन्ट राउण्ड सकिएको छ । पपुलर च्वाइस जारी छ भने अन्य सहविधाका प्रतिस्पर्धा आयोजना हुँदैछन् । यसपटक पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थको उपाधि जित्नका लागि पनि प्रतिस्पर्धा केन्द्रित हुनेछ ।

हिडन ट्रेजरको आयोजनामा हुने यस वर्षको मिस नेपाल(२०२३) को ग्राण्ड फिनाले आगामी जेठ १३ गते ललितपुरस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement