असोज १६,काठमाडौं । अक्टोबरमा ८ तारिख फिलिपिन्समा हुने ४६औँ मिसेस् युनिभर्स प्रतियोगिताको ग्राण्ड फिनालेमा भाग लिन विमला बुढाथोकी फिलिपिन्स प्रस्थान गरेकी छन् ।
विश्वभरका सयभन्दा बढी मुलुकको सहभागिता रहने बताइएको'मिसेस युनिभर्स २०२३' मा सहभागिता जनाउन उनी आज लन्डनबाट बहराइन हुँदै फिलिपिन्स प्रस्थान गरेकी हुन् । विमला बुढाथोकीलाई लन्डन फेसन हाउसकी डाइरेक्टर डंगोललगायत सम्पूर्ण टिमले बधाई दिँदै विमानस्थलमा बिदाइ गरेका थिए ।
मिसेस् नेपाल युनिभर्स २०२३ को ताज उनलाई टुडेज वुमेनकी प्रेसिडेन्ट मनीषा डङ्गोल र मिसेस् नेपाल युनिभर्स २०२२ की विजेता सन्नी शाहीले लगाइदिएका थिए ।
ताजसँगै उनले फिलिपिन्समा प्रतिस्पर्धाको अवसर पाएकी हुन् । ८ अक्टोबरमा हुने ग्रान्ड फिनाले अघि विमलाले १ अक्टोबर आइतबारदेखि निरन्तर विभिन्न प्रशिक्षण र क्रियाकलापमा भाग लिनेछन् ।
तीन वर्षीय छोरी र श्रीमानसहित बेलायत बस्दै आएकी विमला नेपाली समाजका विभिन्न इभेन्ट्स तथा सामाजिक कार्यमा आबद्ध रहनुका साथै च्यारिटी संस्थासँग पनि सहकार्य गर्दै आएकी छन् ।