काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले अल्ट्रा धाविका मिरा राईलाई तीस लाख नगदसहित सम्मान गर्ने भएको छ । राईलाई प्रशिक्षण दिने प्रशिक्षक ध्रुव विक्रम मल्ललाई पनि नगद तीन लाख सहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले यस्तो तयारी थालेको हो । अल्ट्रा धाविकाको रुपमा स्थापित भएकी मिरा राई यस वर्ष चर्चित टेलिभिजन नेशनल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । उनी यतिबेला सोही पुरस्कार वितरणको तयारीको क्रममा अमेरिका पुगेकी छन् ।
आर्थिक अभावका कारण मलेशिया जान पासपोर्ट समेत तयार पारेकी उनलाई बालाजु कराते डो–प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रुबविक्रम मल्लले आफ्नै खर्चमा खेल जीवनमा फर्काएका थिए ।
मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा १७ वर्षअघि देखिको विश्व बिजेतालाई पछि पार्दै च्याम्पियन बनेकी थिइन् ।