Advertisement
Advertisement
Advertisement
Advertisement

मिठाइदेवी विश्वकर्मालाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार- २०७९’ प्रदान गरिने

  |      15:45:00   |  
web image
web image

वैशाख १०, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार- २०७९’ मिठाइदेवी विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

झण्डै ७ दशकदेखि सामाजिक न्यायका क्षेत्रमा गरेको महत्वपूर्ण योगदानका लागि समाजले विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कार शान्ति समाजले स्थापना गरेको हो ।

२०८० साल मङ्सिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा आयोजना गरिने कार्यक्रममा रु एक लाख १० हजार पुरस्कार राशि र सम्मानपत्रसहित विश्वकर्मालाई पुरस्कृत गरिने सभापति रामकृष्ण बरालले जानकारी दिए ।

विसं १९९३ फागुन १० गते इन्द्रचोक काठमाडौंमा जन्मिएकी विश्वकर्मा दलित समुदायबाट स्नातक तह अध्ययन गर्ने पहिलो महिला हुन्। पशुपतिनाथ मन्दिरमा ‘कुकुर र अछुतलाई प्रवेश निषेध’ गरिँदै आएकामा त्यसको विरोध गर्दै विसं २०११ मा दलित समुदायको पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलनमा उनी सक्रियरुपमा सहभागी भएको थिइन् ।

युवा अवस्थामै विसं २०१२ मा उनले नेपाल परिगणित नारी सङ्घको स्थापना गरी सो संस्थामार्फत काठमाडौँको दलित बस्तीमा विद्यालय स्थापना गरिन् ।  दलित समुदायका बालबालिकालाई शिक्षा प्रदान गर्ने कार्यमा महत्वपूर्ण योगदान दिइन् ।

नेवार समुदायको कपाली परिवारमा जन्मेर पढाइका लागि सङ्घर्ष गर्दै दलित समुदायका महिलाको चेतना वृद्धिमा योगदान गरेकी मिठाइदेवीले टीआर विश्वकर्मासँग विवाह गरेपछि दलित मुक्तिको आन्दोलनमा उनको सक्रियता अझ बढेर गएको हो ।

विश्वकर्माले भारतीय दलित साहित्य एकेडेमीद्वारा प्रदान गरिने डा। अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारलगायत १० वटा पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन् ।

मदर्स केयर विद्यालयको स्थापना गर्नुका साथै दलित समुदायका विद्यार्थीका लागि समाज विकास छात्राबासको स्थापनामा पनि उनको सक्रिय सहभागिता रहेको थियो ।

विश्वकर्माले पत्रकारिताका क्षेत्रमा पनि योगदान गरेकी छिन् । उनले विभिन्न साप्ताहिक तथा मासिकको सम्पादन गरेकी छिन् । स्रष्टा विश्वकर्माको ‘नेपाली नारीको अवस्था र अवस्थिति २०६१’ नामक पुस्तक प्रकाशित छ भने अन्य थुप्रै लेख रचना प्रकाशित छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement