Advertisement
Advertisement
Advertisement
Advertisement

मानसखण्ड सम्मेलनमा सांसद प्रमुख अतिथि, आरजु राणा देउवा

  |      11:48:00   |  
web image
web image

 वैशाख ५, काठमाडौं ।धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले प्रदेश सरकार र विभिन्न  संघ संस्थासँगको समन्वयमा आयोजना गरेको मानसखण्ड सम्मेलनमा सोमबार रोचक दृष्य देखियो । धनगढीको सोराई पार्टी प्यालेसमा आयोजना गरिएको मानसखण्ड सम्मेलन समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवा थिइन् ।

पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी राणा पार्टीको केन्द्रीय सदस्य समेत हुन् । उनी प्रमुख अतिथि भएको समापन समारोहमा भारतीय जनता पार्टी(भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले विशिष्ट अतिथि थिए । सोही मञ्चमा सहभागी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भने कार्यक्रम सञ्चालकले अतिथिका रुपमा आशन ग्रहण गराए ।

नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम अनुसार मुख्यमन्त्री ८ औँ स्थानमा हुँदा प्रतिनिधिसभा सदस्यलाई १० औँ स्थानमा राखिएको छ । विश्वविद्यालयको आयोजना र अन्तर्राष्ट्रिय सहयोग परिषद्सहितका संघसंस्थाको समन्वयमा सञ्चालन भएको यो सम्मेलनमा सञ्चालक उपप्राध्यापक डा.दिपकचन्द्र भट्टले मर्यादाक्रमबारे ध्यानाकर्षण गराएका थिए ।

तर कुनै फरक नपर्ने भनिएपछि उनले विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा।अम्मराज जोशीले अध्यक्षता गरिरहेको समापन समारोह त्यसैअनुसार सञ्चालन गरे । ‘तपाईंले राख्नुभएको जिज्ञासाबारे यो कार्यक्रम हुुनुभन्दा अघिदेखि कुरा उठिरहेको थियो । मैले पनि सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि सरकारले निर्धारण गरेको मर्यादाक्रमबारे स्मरण गराएको थिएँ,’ भट्टले भने, ‘यो किन भयो थाहा छैन । उपकुलपतिज्यूलाई बुझ्दा स्पष्ट होला ।’

यो विषयमा उपकुलपति प्राध्यापक डा.अम्मराज जोशीसँग बुझ्दा औपचारिक कार्यक्रममा सरकारले निर्धारण गरेको मर्यादाक्रम मिचिएको विषयमा प्रष्ट जवाफ दिएनन् तर मुख्यमन्त्रीको मर्यादाक्रम माथि हुनेमा दुई मत नभएको तर्क गरे ।

‘मर्यादाक्रममा प्रतिनिधिसभा सदस्यभन्दा मुख्यमन्त्री नै माथि हुन्छन् । त्यो यथावत हुन्छ । औपचारिक कार्यक्रममा पहिले सम्बोधन गर्ने कुरा न हो,’ जोशीले भने, ‘विदेशी पाहुनाहरुलाई स्थान दिएका हौँ । यसलाई त्यति फलोअप गर्नु पर्दैन ।’

तर २ बैशाखमा महेन्द्रनगरमा भएको उद्घाटन समारोहमा भने मुख्यमन्त्रीलाई प्रमुख अतिथि बनाइएको थियो । त्यो दिन कार्यक्रममा सोमबारका प्रमुख अतिथि र विशिष्ट अतिथि सहभागी थिएनन् ।

‘मुख्यमन्त्री व्यक्ति नभएर संस्था भएकाले कारण सरकारले निर्धारण गरेको मर्यादाअनुसार औपचारिक कार्यक्रममा भूमिका दिने र पाउने कुरामा दुई मत छैन, तर आजको कार्यक्रममा किन यस्तो गरियो थाहा भएन,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो । यो विषयमा मुुख्यमन्त्री शाहसँग जिज्ञाशा राख्दा उनले सोमबारको समापन समारोहका प्रमुख अतिथि डा. आरजु राणा देउवा नै भएको बताउदै पाहुनाहरुका धारणा सुन्नका लागि मात्र कार्यक्रममा सरिक भएको धारणा व्यक्त गरे ।

‘यो सम्मेलनको मैले महेन्द्रनगरमा प्रमुख अतिथि भएर उद्घाटन गरिसकेको हो । आजको प्रमुख अतिथि आरजु राणा देउवा नै हुन् । कार्यक्रम उनीहरुकै हो,’ शाहले भने, ‘मैले उजागर गरेको कार्यक्रममा आफ्ना कुरा राखिसकेको हुनाले मर्यादाक्रमलाई ध्यान दिने भन्दा पनि आज उनीहरुका कुरा के छन् भनेर सुन्न गएको थिएँ । यसले सकारात्मक सन्देश जान्छ भन्ने लागेर सहभागी भएको हुँ ।’

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement