Advertisement
Advertisement
Advertisement
Advertisement

महिला हिंसाविरुद्ध एकजुट हुन आवश्यक छ: एनआरएनए अध्यक्ष रविना थापा

  |      15:27:00   |  
web image
web image

मंसिर २६, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले समाजमा मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताएकी छन् । उनले गैरआवासीय नेपाली संघको महिला विभागले शनिबार आयोजित लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजले अझै महिलाको नेतृत्वलाई सहज रूपमा स्वीकार नगरेको विचार व्यक्त गरिन् । 

थापाले समाजमा रहेका लैंगिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरि हुने हिंसालाई सधैंको लागि अन्त्य गर्न जोड दिइन् । गैरआवासीय नेपाली संघको महिला उपाध्यक्ष यसमिन बेगमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थापाले नेपालमा लैंगिक हिंसाबाट प्रत्येक चार महिलामा एक जनाभन्दा बढी प्रभावित हुने गरेको बताइन् ।

उनले समाजमा महिलाको क्षमतामा प्रश्न गर्ने, नचाहिँदा अफबाह फैलाउने लगायतका मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताइन् । थापाले सामाजिक हिंसाजन्य घटनालाई अन्त्य गर्नको लागि एकजुट हुनु आवश्यक रहेकोको बताइन् । 

संघका अध्यक्ष डा. बद्री केसीले विकसित समाजमा समेत पर्याप्त रूपमा महिला हिंसा रहेको बताउँदै महिला हिंसा समाजमा विकृतिको रूपमा रहेको बताए । उनले महिलामा हुने हिंसाको अन्त्य गर्न जनसचेतना आवश्यक रहेको बताए । 

एमाले सांसद विद्या भट्टराईले लैगिक असमनताकै कारण लैगिक हिंसा हुने हुँदा सचेतनाका कार्यक्रमले सहयोग गर्ने विचार व्यक्त गरिन् । उनले नेपालमा साइबर  क्राइम, यौन  हिंसा निर्मूल गर्न कडा कानुनको अभाव रहेको बताइन् । उनले हिंसा रोक्न महिलाहरूको सक्रिय सहभागिताको जरुरी र युवा पुस्ताका महिलाहरूको राजनीतिमा सहभागिताले समाज परिवर्तनमा सहयोग पुग्ने बताइन् । 

अर्की सांसद जुली महतोले महिला समावेशी भएर नेतृत्वमा आउँदा पनि निर्णायक भूमिकामा महिलाको सहभागिता अझै कम रहेको बताइन् । उनले सामाजिक हिंसाको अन्त्य गर्न  महिलाले नेतृत्व लिनु पर्नेमा जोड दिइन् । महतोले गैरआवासीय नेपालीले विदेशका अन्य देशमा भएका महिला हिंसाविरुद्ध सम्बन्धी कानुन बमोजिम  पनि नेपालमा हुने हिंसा अन्त्य गर्न सुझाव दिन सक्ने बताइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement