Advertisement
Advertisement
Advertisement
Advertisement

महिला सङ्घका संस्थापक सभापति मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवस मनाइँदै

  |      12:38:00   |  
महिला सङ्घका संस्थापक सभापति मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवस मनाइँदै
भदौ १०, काठमाडाँ । नेपाल महिला सङ्घकी संस्थापक सभापति मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवस आज नेपाली काँग्रेस र उसका भातृ संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । 
 
नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले गरेको योगदानको स्मरण गरेर समृति दिवस मनाउन लागिएको हो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम भने नराखिएको पार्टी कार्यालयले जनाएको छ । 
 
संस्थापक सभापति सिंहले नेपालको लोकतान्त्रिक आन्दोलन र महिला आन्दोलनमा पुर्याएको योगदानबारे भर्चुअल रूपमा विचार विमर्श गरिदैछ । काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितमा भर्चुअल विचार विमर्श हुन लागेको नेता सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिनुभयो ।
 
अघिल्ला वर्षहरुमा काँग्रेसले काठमाडौंको टेकुस्थित सिंहको शालिक रहेको स्थानमा औपचारिक कार्यक्रम गरेर स्मृति दिवस मनाउने गरेको थियो । लौहपुरूष गणेशमान सिंहकी धर्मपत्नीसमेत रहनु भएकी मङ्गलादेवीलाई नेपालको लोकतान्त्रिक आन्दोलनकी निर्भीक योद्धाको रुपमा लिने गरिन्छ । महिलाको हक, हित र अधिकारका लागि सङ्घर्ष गर्नुभएकी उहाँको २०५३ साल भदौ १० गते निधन भएको थियो ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement