असार २८,काठमाडौं। सहरी विकासमन्त्री सीता गुरूङले महिला मेयर भएका नगरपालिकामा सघन सहरी विकास कार्यक्रम विस्तार गरिएको बताएकी छन् । २०८०र०८१ को बजेटमाथिको छलफलमा राष्ट्रिय सभामा उठेका सवालहरूको जवाफ दिँदै मन्त्री गुरूङले सरकारले आगामी वर्षको बजेटमा सघन सहरी विकास कार्यक्रमलाई विस्तार गरेको र त्यस्तो कार्यक्रम लागू हुने नगरपालिका छनोट गर्दा महिला मेयर भएका नगरपालिकालाई प्राथमिकतामा राखेको बताइन् ।
मन्त्री गुरूङले अब सो कार्यक्रमलाई पहाड र हिमाली क्षेत्रका नगरपालिकामा पनि सञ्चालन गर्ने नीति लिएकोजानकारी दिइन् । ‘भारतसँग सीमा जोडिएका २१ जिल्ला सदरमुकामका नगरपालिकाको पूर्वाधार विकास गर्न सञ्चालित सघन सहरी विकास कार्यक्रम अब पहाड र हिमालमा पनि विस्तार गरिएको छ,’ उनले भनिन्, ‘जसअन्तर्गत आगामी वर्षबाट ५१ नगरपालिकामा सघन सहरी विकास कार्यक्रम विस्तार गरिएको छ ।'
मन्त्री गुरूङले पहाडबाट तराईतिर बढ्दो बसाईसराई रोक्न नयाँ सहर आयोजनालाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिइन्। ।
त्यस्तै, स्थानीय तहको फोहोरमैला व्यवस्थापन, जनता आवास कार्यक्रम, विशेष भवन निर्माण लगायत कार्यक्रमलाई प्राथमिकतामा राखिएको मन्त्री गुरूङको भनाइ छ ।