Advertisement
Advertisement
Advertisement
Advertisement

महिला चालक सशक्तीकरणमा इनड्राइभको ‘ड्राइभिङ नारी नेपाल’ पहल

  |      15:06:00   |  
Web Image
Web Image

साउन १२ ,काठमाडौं । राइड–हेलिङ सेवा प्रदायक ष्लम्चष्खभ नेपालले महिला सशक्तीकरणलाई केन्द्रमा राख्दै ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ नामक प्रमाणपत्र कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रमको उद्देश्य महिला चालकहरूलाई व्यावसायिक रूपमा सक्षम बनाउनुका साथै सुरक्षित र आत्मनिर्भर बनाउने रहेको कम्पनीले जनाएको छ। यस पहलअन्तर्गत सहभागी महिलालाई ड्राइभिङ सीप, सडक सुरक्षा, ग्राहक सेवा र डिजिटल प्लेटफर्म प्रयोगसम्बन्धी तालिम प्रदान गरिएको थियो।
इनड्राइभ नेपालका प्रतिनिधिहरूका अनुसार, यातायात क्षेत्रमा महिलाको सहभागिता बढाउँदै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम ल्याइएको हो। कार्यक्रममा सहभागी महिलाहरूलाई तालिमपछि प्रमाणपत्र प्रदान गरिएको छ, जसले उनीहरूलाई पेशागत रूपमा थप विश्वास र अवसर दिलाउने विश्वास गरिएको छ।
कार्यक्रममा सहभागी महिलाहरूले यस्ता पहलले आत्मविश्वास बढाएको र आयआर्जनको नयाँ बाटो खुलेको प्रतिक्रिया दिएका छन्। नेपालमा परम्परागत रूपमा पुरुषप्रधान मानिने सवारी क्षेत्रमा महिलाको उपस्थिति बढ्नु सकारात्मक परिवर्तनका रूपमा हेरिएको छ।
इनड्राइभले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्दै देशका विभिन्न सहरमा सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement