जेठ ८, काठमाडौं । जिल्ला युवा समिति काभ्रेपलाञ्चोकले विद्यालयका छात्रालाई महिला आत्मरक्षा तालिम दिएको छ । बागमती प्रदेश युवा परिषद्को सायोगमा रोशी गाउँपालिका–२ स्थित लक्ष्मी नारायण कृषि प्राविधिक माध्यमिक विद्यालयमा आयोजित दुई दिने तालिममा तीन विद्यालयका ४० विद्यार्थीले सहभागीता जनाएका थिए ।
तालिममा माध्यमिक विद्यालयस्तरका छात्रालाई सामूहिक झैझगडा तथा पुरुषद्वारा आक्रमण भए शारीरिकरुपमै प्रतिकार गर्ने रक्षात्मक तरिकाबारे प्रशिक्षण दिइएको जनाइएको छ । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न तथा महिलामा आत्मबलको विकास गर्ने उद्देश्यले यस्तो तालिमको आयोजना गरिएको समितिका अध्यक्ष प्रकाश थापाले बताए । उनले गाउँपालिकाको अन्य विद्यालयका छात्रालाई यस्तो प्रकृतिको तालिम क्रमशः प्रदान गर्दै जाने बताए ।
वडा नं २ का वडाध्यक्ष हस्तमान लामाले पहिलेको तुलनामा वर्तमान समयमा महिला निकै असुरक्षित हुँदै गरेकाले प्रतिरक्षा तालिमले महिलामा आत्मविश्वास बढ्दै जाने बताए । गाउँपालिकाको वडा नं १, २ र ३ का सामुदायिक विद्यालयका छात्राले तालिममा भाग लिएका थिए । छात्रालाई रुपा थापा र निर्मला राउतले प्रतिरक्षा प्रशिक्षण दिएका हुन् ।
यसैबीच प्रहरीले तीन दिनमा अवैध धन्दामा प्रयोग भएका आठ नाबालिकको बनेपास्थित होटल तथा क्याफेबाट उद्धार गरेको छ । ललाइफकाइ, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाइ होटलमा आउने ग्राहकसँग जबर्जस्ती शारीरिक सम्पर्क गर्न बाध्य बनाउने गरेको आरोपमा बनेपा–१० मा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घर सञ्चालक ४२ वर्षको लालमान तितुङ र कामदार २० वर्षीय श्याम लामालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार उक्त गेष्ट हाउसबाट पाँच नावालिक तथा किशोरीलाई उद्धार गरिएको हो ।
यस्तै बनेपा–८ मा सञ्चालित लामा क्याफेबाट पनि कामको बहानामा अवैध धन्दा गराउन बाध्य पारिएका तीन किशोरीको उद्धार गरिएको प्रहरीले जनायो । क्याफे सञ्चालक रोशी–६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार उद्धार गरिएका किशोरीलाई हाल सुरक्षित राखी पुनःस्थापना केन्द्र पठाइने वा घर फर्काइने विषयमा थप अनुसन्धान तथा छलफल भइरहेको छ । पक्राउ परेका सबैलाई मानव बेचबिखन तथा ओसरपसार ९नियन्त्रण० ऐन, २०६४ बमोजिम कारबाहीको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट पहिलो पटकलाई सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...
फागुन ८, काठमाडौं । शालीमार बागबाट भाजपा विधायक रेखा गुप्ता दिल्लीको नवौं मुख्यमन्त्री...