Advertisement
Advertisement
Advertisement
Advertisement

महिलामाथि हुने विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध छ: मन्त्री उमा रेग्मी

  |      17:52:00   |  
महिलामाथि हुने विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध छ: मन्त्री उमा रेग्मी

पुस ९, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  मानव अधिकारका लागि एकल महिला समूहको २७ औं वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री रेग्मीले महिलामाथि हुने हत्या, हिंसा, बलात्कार, घरेलु हिंसालगायत सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले देशव्यापी अभियान नै सञ्चालन गर्ने बताइन् ।

उनले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका निम्ति महिला स्वयं सक्रिय हुनुपर्ने उल्लेख गर्दै महिलालाई हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा ल्याउन आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् । मन्त्री रेग्मीले महिला अधिकारसँग जोडिएका कानून निर्माण, संशोधन वा महिलाको अधिकारका निम्न काम गर्न सल्लाह/सुझाव दिन सबैमा आग्रह गरिन् ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले तयार गरेको ६ वर्षे रणनीतिमा एकल महिलाको विषयवस्तुलाई समावेश गरेको उल्लेख गर्दै मानव अधिकारसँग जोडिएका एकल महिलाका सवालमा आयोगले अझै सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले एकल महिलाको अधिकारका निम्ति आफ्नो नगरपालिकाले सक्रियताका साथ काम गर्दै आएको जानकारी दिए । सत्तरीभन्दा बढी जिल्लाका एकल महिला समूहको प्रतिनिधित्व गर्दै विभिन्न जिल्लाबाट २५० एकल महिला सहभागी सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 
    
एकल महिला समूह २०५२ सालमा स्थापित भई एकल महिला सवलीकरण, सशक्तीकरण, नेतृत्व विकास तथा सामाजिक न्यायका लागि र समग्र एकल महिलाका हकअधिकारका क्षेत्रमा काम गर्ने गैरसरकारी सामाजिक संस्था हो ।

सबै जिल्लाको विभिन्न गाविस तथा नगरपालिकामा समूह गठन गरी सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै एकल महिलालाई ससम्मान पहिचान तथा परिर्वतनका बाहकका रुपमा तयार गर्नसमेत संस्था स्थापनाकालदेखि अग्रसर रहँदै आएको छ । एकल महिलालाई ५५ वर्षको उमेरमा भत्ता उपलब्ध गराउने निर्णयप्रति एकल महिला समूहले सरकारको ध्यानाकर्षण गराएको छ ।  - रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement