Advertisement
Advertisement
Advertisement
Advertisement

महिनावारी सुकेको ५ वर्षपछि ५२ वर्षीया काठमाडौंकी महिलाले जन्माइन् जुम्ल्याहा सन्तान

  |      15:39:00   |  
महिनावारी सुकेको ५ वर्षपछि ५२ वर्षीया काठमाडौंकी महिलाले जन्माइन् जुम्ल्याहा सन्तान

बैशाख १८, काठमाडौं । महिनावारी सुकेको ५ वर्षपछि काठमाडौँकी एक महिला आईभीएफ प्रविधिबाट जुम्ल्याहा सन्तान जन्माएकी छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आईभीएफ प्रविधिमार्फत एकसाथ दुई सन्तानलाई जन्म दिएकी हुन् ।

बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गर्भावस्थादेखि नै उच्च निगरानीमा राखेर उपचार गरिएको थियो । शल्यक्रियामार्फत जन्मिएका दुवै जना सन्तान र आमाको अवस्था राम्रो रहेको नर्भिककी वरिष्ठ टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले बताइन् ।

सामान्यतया बढ्दो उमेर समूहका महिलामा गर्भधारण गर्ने र सन्तान जन्माउन सक्ने अवस्थालाई जटिल रूपमा हेर्ने गरिन्छ । डा. शर्माका अनुसार ती महिलाको महिनावारी समेत सुकिसके र पाठेघरमा समेत मासु पलाएको थियो, जसको दूरबिनबाट गरिने शल्यक्रियामार्फत पाठेघरको मासु झिकेर आईभीएफ प्रविधिबाट उपचार गरिएको थियो ।

यसअघि पनि ५५ वर्षीया महिलाले नर्भिकमै आईभीएफ प्रविधिमार्फत सन्तान प्राप्त गरेकी थिइन् ।नेपालको सन्दर्भमा सन्तान जन्माउनका लागि ३० वर्षको उमेर समूहलाई उत्तम मानिने गरिए पनि विभिन्न कारण बढी उमेर समूह भएका महिलाले सन्तानको रहर गरे उमेरलाई मात्र बाधक मान्न नसकिने नर्भिक अस्पतालले जनाएको छ ।  

अस्पतालका विज्ञहरुकाअनुसार पछिल्लो ६ महिनामा नर्भिकमा आईभीएफ गरेकामध्ये गर्भधारण गर्न सफल ६१ जना महिला ४६ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् । त्यसैले सन्तान प्राप्तिको चाहनामा उमेरलाई मात्र बाधक मान्न आवश्यक छैन ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement