Advertisement
Advertisement
Advertisement
Advertisement

महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु

  |      18:51:00   |  
web image
web image

फागुन ८, काठमाडौं । सबै महिला महिनावारीबाट गुज्रनुपर्छ। तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन्। यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन्। तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ। यसमा अन्धविश्वासको कुनै लेनदेन छैन। तर, महिनावारीबारे पूरै वैज्ञानिक जानकारी लिनु भने आवश्यक छ।

 

१. महिनावारी प्रत्येक २८ दिनमा हुनपर्छ।
तथ्य  – महिनावारीको चक्र हरेक महिलामा फरक तरिकाले निर्भर गर्न सक्छ। महिनावारीको चक्र २० दिनदेखि लिएर ३५ दिनबीच दोहोरिन सक्छ। महिनावारी हुने समय केही ढिला भयो भने गर्भवती भइयो भनेर डराउँनु पर्दैन।

 

२. महिनावारीको समयमा सेक्स गर्नुहुँदैंन।
तथ्य – अधिकांश मानिस महिनावारीको समयमा पार्टनरसंग सेक्स गर्न मन पराउँदैंनन्। तर, यस्तो बेला सेक्स गर्दा ज्यान दुखेको निको हुन्छ। अनुसन्धानअनुसार महिनावारीको समयमा सेक्स गर्दा पीडामा कमी आउँछ।

 

३. महिनावारीको समयमा गर्भधारण गर्न सम्भव हुँदैन।
तथ्य –  यो धारणा गलत हो। महिला महिनावारीको समयमा पनि गर्भवती हुन सक्छन्। महिनावारीको चक्र २८ दिनभन्दा कम भएका महिला महिनावारीको समयमा गर्भवती हुने सम्भावना अधिक हुन्छ।

 

४. महिनावारीको समय अमिलो, तेल तथा मसालायुक्त खाना खानुहुँदैन।
तथ्य –  महिनावारी र अमिलो पदार्थबीच कुनै संबन्ध छैन। मसालायुक्त खानाले पेट खराब हुन सक्छ। तर यसबाट महिनावारीको पीडामा असर पर्दैन।

 

५. महिनावारीको समयमा व्यायाम गर्नुहुँदैन
तथ्य –  महिनावारीको समयमा गरिने व्यायामले पीडा कम गर्न मद्दत गर्छ। व्यायामले मांसपेशीमा अक्सिजनको आपूर्ति बढाउँछ, जसबाट शरीरमा आराम मिल्छ।

 

६. महिनावारीको समयमा आराम गर्नुपर्छ
तथ्य – महिनावारीको समयमा शरीरबाट रक्तस्राव हुन्छ। तर, यसबाट डराउँनु पर्दैन। महिनावारीको समय एक दिनमा करिब चार चम्चा रक्तस्राव हुन्छ। महिलाहरु आफ्नो दैनिक काम आरामसंग गर्न सक्छन्।

 

७. पिएमएसबाट गुज्रन्छन् 
तथ्य – महिलाले पिएमएस (महिनावारी हुनुअघिका लक्षण)  को सामना गर्नुपर्ने हुन्छ, किनभने करिब ८५ प्रतिशत महिला यस्ता लक्षणको अनुभव गर्न सक्छन्।

 

८. महिनावारीको रगत अन्य रगतभन्दा अलग हुन्छ
तथ्य  – महिनावारीको रगत  सामान्य अरु रगतजस्तै हुन्छ। यसमा केही पनि असामान्य हुँदैंन।

 

९. महिनावारीको समयमा नुहाउँनु अथवा कपाल धुँनु हुँदैन
तथ्य –  महिनावारीलाई  लिएर यो भ्रम सदिऔंदेखि छ। यस्तो बेलामा स्वच्छतामा ध्यान दिनुपर्छ।

 

१०. कुमारीहरुले कटनको प्रयोग गनुहुँदैंन
तथ्य-  कयौं मानिसले कुमारीहरुले कटनको प्रयोग गर्नुहुन्न र त्यसबाट कौमार्य नष्ट हुन्छ भन्ने सोच्छन्। तर, कटनको प्रयोग र कुमारीत्वबीच कुनै संबन्ध हुँदैंन।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement