पुष १, काठमाडौं। २८ औँ महानगर दिवसको अवसरमा कान्तिपुरकर्मी रीना मोक्तान महानगरीय सुशासन पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । काठमाडौं महानगरपालिकाले बिहीबार एक कार्यक्रमका बीच पत्रकार मोक्तानलाई ५० हजार नगद राशी रहेको महानगरीय सुशासन पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनीता डङ्गोलले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।
महानगरपालिकाले सहरी सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारहरूमध्येबाट विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने पत्रकारहरूलाई पुरस्कृत गरेको छ ।
मोक्तान विगत ६ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएकी छन् ।