साउन ३१, काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार मुद्दामा कसैलाई पनि नछोड्ने सरकारको नीति रहेको जानकारी दिइन् । प्रेस सेन्टर नेपाल दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले भ्रष्टाचारका मुद्दालाई छिट्टै टुंग्याइने बताएकी हुन् ।
भुटानी शरणार्थी, ललिता निवास र सुन प्रकरणका विषयमा सरकारले अनुसन्धान जारी राखेको जानकारी दिँदै शर्माले दोषीमाथि कारबाही हुने, दोषी जो कोही भए पनि नछुट्ने जानकारी दिइन्।