असोज १६, काठमाडौं । जिल्लालाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको हो ।
अस्पतालका डाक्टर इन्द्र शाहका अनुसार तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षीय मनिषा ऐडीले ३:२५ मिनेटमा बच्चालाई जन्म दिएकी हुन् । नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनिषा र बच्चाको अवस्था सामान्य रहेको डाक्टर शाहले रातोपाटीलाई जानकारी दिए ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६:३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको थियो।
दिउँसो २ बजेर ४० मिनेटमा पहिलो पटक बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५:३ रेक्टर स्केलको भूकम्प गएको थियो । पछि पुनः ३ बजेर ६ मिनेटमा भूकम्प गएको हो ।रातोपाटीबाट साभार