Advertisement
Advertisement
Advertisement
Advertisement

भारतमा ५० भन्दा बढी महिलाको कपाल चोरी, महिलाहरु आतंकीत र चिन्तित

  |      17:07:00   |  
तस्विर : इपिए
तस्विर : इपिए

भारतमा हरियाणा र राजस्थान राज्यहरुमा ५० जना भन्दा बढी महिलाहरुले आफूहरु होशमा नरहेको बेला कसैले कपाल काटीदिएको भनी उजुरी गरेका छन्।

प्रहरीले यी रहस्यमय घटनाको समाधान खोज्न संघर्ष गरिरहेको छ भने महिलाहरु आतंकीत र चिन्तित छन् भन्छन् बीबीसका विकास पाण्डे।

'अदृश्य हजामको हमला' भनेर चर्चा भैरहेको महिलाहरुको कपाल काटिने घटना सबैभन्दा पहिला गत जुलाई महिनामा राजस्थान राज्यमा भएको बताइएको थियो।

अहिले हरियाणा र दिल्लीमा त्यसरी महिलाहरुलाई थाहै नहुने गरी कपाल काटिएका रहस्यमय घटनाका ताजा विवरणहरु आइरहेका छन्।

पिडित महिलाहरुले कुनै घटनामा रंगीन कपडा लगाएका प्रौढ पुरुष जिम्मेवार भनेका छन् त कुनैमा महिला।

कपाल काटिएको घटनाका पिडितहरु अझै पनि आतंकीत छन् र तिनका परिवारजनले तिनीहरुलाई एक्लै नछाडी साथ दिइरहेका छन्।
त्यस्तो घटनाको उजुरी आएको गुडगावं क्षेत्रका प्रहरी प्रवक्ता रविन्दर कुमार भन्छन्, ूप्रहरीले त्यस्ता घटनाहरुका सम्बन्धमा छानविन थालेको छ। यि अनौठा घटनाहरु हुन् ।

"घटनास्थलमा कुनै सुराग मिलेको छैन, पीडीतहरुको चिकित्सा परिक्षण गर्दा पनि कुनै असामान्य नतिजा देखिएको छैन।

"पिडीतहरु लगायत कसैले पनि ति आक्रमणकारीहरुलाई राम्ररी देखेको भनेर बताउन सकेका छैनन्।"

ति प्रहरी प्रवक्ताका अनुसार विभिन्न क्षेत्रका प्रहरीहरुले घटनाको चुरोसम्म पुग्न आपसी तालमेलको संयोजन गरिरहेका छन्।

यो सबै जारी रहंदा विभिन्न प्रकारका हल्लाहरु पनि ति क्षेत्रमा फैलिरहेका छन्।

- बीबीसीबाट 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement